जन आकाश
काठामाडौं ।
२३ गते नाडा यस एशोसिएशनका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा राजश्व समितिका उपसभापति कृष्णप्रसाद दुलालले भन्सार विभागका महानिर्देशक सुमन दाहालसंग भेटी एक्जीम कोड नविकरणको म्याद २०७७ साल अशोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरेको नाडाले जनाएको छ ।
नेपालमा ३०००० व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेको, सडकमा जोर विजोरको सवारी साधन सञ्चालनमा रहेको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु १५०० को सख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयवधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले नविकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको हो । देशको यस्तो जटिल र विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने अपेक्षा नाडाले राखेको छ ।
सो एक्जीम कोड नविकरण गर्ने म्याद यहि २०७७ आषाढ मसान्तसम्म मात्र रहेको छ । उक्त छलफलमा दुलाल लगायत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा रोजगार दाता समितिका उप सभापति भरतराज आचायर्, नाडाका एशोसिएशन सचिव सुरेन्द्र प्रधान तथा नेपाल उद्योग वाणिज्य महासंघका अधिकृत लोकराज जोशी समेतको उपस्थ्तिि रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend