logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्थाई सरकारको माग र्गदै जनताले गरे प्रर्दशन

अपाङ, बृद्धाबृद्धा सवै देशभक्तहरुको सहभागिता


  • जन आकाश
  • बिहिबार, असार २५ २०७७

नेपालमा सरकारपक्ष पार्टी भित्र चर्किएको द्धन्दले यतिवेला चरम रुप लिइरहेको छ । त्यसको साथसथै देशी विदेशी शक्तिहरुको दौडधुप पनि बाक्लै भइरहेको छ । नेपालमा स्थाइ साशन नहुदा नेपालले कहिल्यै बिकाश गर्न नसकेको भनेर नेपाली जनताले यो पटक दुइवटा पार्टी मिलेर बनेको नेकपा नेकपालाई जनताले दुईतिहाई बहुमत दिएका थिए ।



त्यसैको जगमा बनेको सरकार यतिवेला नेपालमा छ । स्थाई साशन हुदा नेपालले धेरै काम गर्न सक्छ र नेपालले आत्मबलका साथ संविधानले दिएका कानुनहरु स्वतन्त्र रुपमा लागु गर्न सक्छ भन्ने उदारण केही मात्रमा भएपनि प्रस्तुत भईसकेको छ ।
तर नेकपा नेकपा भित्रको विवाद निक्कै डरलाग्दो अवस्थावाट गुज्र्रन पुगेको छ । भारतले नेपालको भुमि कालापानी र लिपुलेक भारतीय नक्सामा २०१९ नोभेम्बर २ मा सार्वजानिक गरेपछि नेपालले उक्त नक्सामा नेपालको भुमि परेको र त्यो तुरुन्तै सच्याउन माग गरेको थियो । भारतले न नक्सा सच्यायो न छलफलको लागि नै बोलायो । त्यसपछि नेपालले आफ्नो भुमि रक्षाको लागि नेपालले आफ्नो भुमि समेटिएको नक्सा सार्वजानिक गरेको छ । त्यसपछि भारतीय मिडियाहरुले नेपालमा जव तक केपी शर्मा ओली पिएम रहेगा भारतको छेड्दे रहेगा उसका सरकार से जल्दी हटना चाहिए । भन्दै बक्तब्य दिईरहेका वेला नेपालमा नेकपा नेकपा भित्रकै नेताहरुले प्रधानमन्त्री ओलीको राजिनामा माग्न शुरु गरेपछि नेपालको राजनीति नेपालभन्दा निक्कै परसम्म तरङगित भएको छ । नेपालको दुई छिमेकी मुलुक भारत र चीनको उपस्थिति त भएको छ नै त्यो भन्दा पर रहेको शक्तिसाली देश अमेरिकाले समेत आफ्नो उपस्थितिलाई बढाएको छ ।

यो वेलामा अन्य दक्षिण एसियाली राष्ट्रहरुले समेत प्रत्यक्ष नदेखिए पनि कुटनीतिक जोड घटाउमा लागेका छन् । आ आफ्नै स्वार्थ त्याहा लुकेको छ । तर नेपालको राजनीति नेपाली जनताको निर्देशनमा हुनुपर्छ । हुन्छ । बिगतमा जस्तो भारतले चाहादैमा र कहिले तेल रोकेर, कहिले नाकाबन्दी गरेर अफ्ठ्यारो पादैमा नेपालको सरकार गल्दैन ढल्दैन । नेपाली जनता भोक्कै मर्न तयार छन् । स्वभिमान बेच्दैनान् भन्ने कुरा भारतीयले बुझे हुन्छ । त्यसैको पछि लागेर नेपाल र नेपालीको चाहाना र २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा गरेका प्रतिवद्धताहरु र्बिसिएर वा जनताको अभिमतलाई लत्याउन नेकपा नेकपाका नेताहरु नै लागेपछि नेपालको राजनीति एकपटक पुनः अस्थिरतामा धकेलिने परिस्थिति बनेको देखेर जनताहरु स्थाई सरकारको माग गदै राष्ट्रियताको पक्षमा सडकमा आर्लिएका छन् ।

हिजो नेपालका बिभिन्न भागहरुमा, जिल्लाहरुमा देशैभरी स्थाइ सरकारको माग गदै प्रदर्शनहरु भएका हुन् । शान्तिपुर्ण रहेको प्रदर्शनमा अपाङग, बृद्धाबृद्धा, युवायुवती, सानादेखि ठुला सम्मका स्वत स्फुर्त नागरिकहरुले नेपालको राष्ट्रिय झण्डा फराउदै प्रदर्शन गरेका थिए । अन्यवेला जस्तो हुलहुज्जत गरेर ल्याएका नागिरकहरु हिजोको राष्ट्रियताको प्रदर्शनमा थिएनान् ।आ आफ्नो क्षेत्रमा अनुसाशित भई एकताबद्ध एउटै स्वर, स्थाई सरकारको निरन्तरता । राष्ट्रियताको पक्षमा लाग्थ्यो नेपाल फेरी पुनः भारतीय विस्तावाद बिरुद्ध नालापानीमा अग्रेजसँग लडेका नेपालीका सन्तान कालापानी र लिपुलेकमा बलिदान गर्न तयार हुदैछन् । त्यसलाई रोक्न नेपालमा अस्थिरता मच्चाएर नेपाललाई सधै परनिर्भर बनाईरहने भारतीय चाल नेपालका नेपालीले बुझिसकेको छन् ।

स्मरण रहोस नेपाल अलि अलि बिकाश हुन थाल्यो की कुनै आकाक्षी बोेकेका भारतवाट प्रशिक्षित नेपालका नेपालका कम्युनिष्ट भन्ने जमिनदार नेताहरुलाई भारतका कर्ता बनाएर प्रधानमन्त्रीको फोटो झुण्ड्याउने ललिपप देखाएर नेपालको सुन्दर मुहार बिर्गान । बिकाश रोक्न लागेकाहरुले गर्दा स्वर्ग भन्दा सुन्दर देश नेपाल र बिश्वका जनताभन्दा सहनशील, इमानदार , मेहनती , जस्तो सुकै पीडामा पनि मानवीयताको मन भएका नेपालीलाई कुरुप बनाउन योजना बनाउने बिदेशी सक्ति र नेपालका फोटो झुड्याउन लालयितहरुको कारण देश नेपालको बिकाशमा अवरोध हुदै आएको छ ।

अव ति बिकाश बिरोधिहरुको पहिचान, अस्थिरता ल्याउने राजनीति नामका विदेशी गोटीहरुलाई नेपाली जनताले बहिस्कार गरेर सुन्दर नेपाललाई स्वर्गजस्तो बनाउनुपर्र्छ । स्थाई सरकार हुदा शान्ति अमन चयन हुन्छ । शान्त वातावरणमा लगानी मैत्री हुन्छ । काम गर्ने वातारण बन्छ । काम गरेपछि देशको बिकाश हुन्छ । बिकाश गरेपछि मात्र नेपालीको सुख जोडिन्छ । झुटा कुरा गरेर ठुला सपना देखेर बेरोजगार युवाहरुलाई यो पार्टी र त्यो पार्टी भनि बरालेर नेपालको बिकाश हुन सक्दैन । नेपाल बिकाश गर्न नेपालका युवाहरुलाई नेपालमा नै रोजगार सृर्जना गर्नुपर्छ । आत्म निर्भर देश बनाउनु पर्छ ताकी कुनै मुलुकले तेल रोक्दैमा, नाकाबन्दी लाउदैमा अतालिनु नपरोस ।
त्यसका आज सोच्यौ भने हाम्रो मुलुकलाई १० बर्षपछि त लक्ष्य पुरा गर्न सक्छौ । त्यो काम आजैवाट शुरु गरौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend