logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महेश मुखियाले “यो मेरो जीवन तिम्रै हो”सार्वजानिक गरेका छन्


  • जन आकाश
  • सोमबार, असार २९ २०७७

काठमाडौं । युवा गायक महेश मुखिया भरखरै नयाँ साङ्गीतिक कोशेली “यो मेरो जीवन तिम्रै हो” बोलको म्यूजिक भिडियो हालै youtube.comच्यानलबाट सार्वजानिक गरेका छन् ।
लाखौं दर्शक श्रोताको मन जित्न सफल युवा गायक मुखियाको लोक पप विधामा आधारित आफ्नो नयाँ गीतले युवाहरुको मन र दर्शक श्रोताको मन जित्न सफल हुनेमा विश्वस्त रहेको बताए ।



प्रमोद निर्वाणको शब्द, संगीत र संयोजन रहेको उक्त गीतमा गायक स्वयंले फिचरिङ गरेका छन् ।
गायक मुखियाले यसभन्दा पहिला चर्चित गीत माथि माथि लेकमा हिउँ पर्दा‘, सिउरेनी बनमा‘ केही दिन टाढा हुँदैछु‘ के तन्नेरी र भिज्यो तिम्रो रातो फछ्यौरी लगायतका म्यूजिक भिडियोहरु सार्वजानिक गरिसकेका छन् ।
म्यूजिक भिडियो सुबास मुखिया सुनुवारले निर्देशन तथा सम्पादन गरेका छन् भने मनोज सिंह बस्नेतले छायांकन गरेका छन् । म्यूजिक भिडियो न्यू भिजन प्वाईन्ट प्रा.लि.ले निर्माण गरेको छ ।

रामेछापका युवा गायक महेश रोमान्टिक गीतहरु गाउनको साथै नेपालका सास्कृतिक , मौलिक भाकाका गीतहरु गाउन मन पराउछन् । उनको यो भन्दा पहिलाका गीतहरुले पनि निक्कै चर्चा र श्र्रोताको मन जितेको थियो । कारण त्यही नै थियो मौलिक भाकाका गीतहरु गाएर नेपाली बजारमा ल्याएपछि नेपाली संस्कृतिको समेत संबर्धन भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend