logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिजुली बसले भोलिदेखि सेवा दिने भएको छ


  • जन आकाश
  • सोमबार, असार २९ २०७७

 



काठमाडौं । काठमाडौंमा विद्युतीय बस चलाइरहेको सुन्दर यातायात प्रालिले मंगलबारबाट सेवा दिन थाल्ने भएको छ । कम्पनीले सरकारले नयाँँ भाडादरमा ५० प्रतिशत बढी भाडा लिन पाउने नियम लागु गरेपनि सुन्दर यातायातका प्रा.लिले पहिलाकै पुरानै भाडादरमा सेवा दिने जनाएको छम ।

सुन्दरका ४ वटा बसले दुई वटा रुटमा सेवा दिने कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए । उनका अनुसार कम्पनीले पुरानै भाडादरमा सेवा सञ्चालन गर्नेछ । संकटको समय भएकाले सेवालाई प्राथमिकता दिएर बस चलाउन लागिएकाले बढी भाडा नलिने निर्णय भएको थापाले जानकारी दिए ।
नेपालमा बिधुतिय बसहरु सञ्चालनमा ल्याउन निक्कै दवाव बढीरहेको बेला सुन्दर यातायातले वातावरण मैत्री बसहरु सञ्चालन गरेर नेपालमा यातायातको क्षेत्रमा राम्रो शुरुवात गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend