logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अध्यक्ष लाक्पा तामाङ : बेलायती सेनामा असफल ; राजनितिमा सफल


  • जन आकाश
  • मंगलबार, असार ३० २०७७

लाक्पा तामाङ वर्तमान राजनितिक जगतमा चिरपरिचित व्याक्ति हुन् । कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजनितिमा प्रवेश गरेको ३ वर्ष नबित्दै राप्रपा नेपाल चोईट्याएर आफ्नै नेतृत्वमा राप्रपा लोकतान्त्रिक खोलेका अध्यक्ष तामाङ २८ वर्षको कलिलै उमेरमा नेपालको कान्छो राष्ट्रिय अध्यक्ष बन्न सफल भए ।
प्राय धेरै जसो मानिसहरुले उनलाई राजनितिज्ञको रुपमा मात्रै चिन्छन् तर लाक्पा तामाङ राजनितिज्ञ मात्रै होइनन् उनीसँग जोडिएको अर्को पाटो विज्ञान, प्रविधि र खेल हो ।
तामाङले अमेरिकी माईक्रोसफ्ट कंपनीबाट माईक्रोसफ्ट सर्टिफाईड सिस्टम ईन्जिनियर गरेका छन् । राजनितिमा प्रवेश गर्नु अघि उनी विज्ञान र कम्प्युटर क्षेत्रमा परिचित व्याक्ति हुन् । साथै उनी तेक्वान्दो खेलका खेलाडी समेत हुन् । हाल उनी ब्ल्याक बेल्ट चौथो डान हुन् । तामाङ बताउछन् , राजनितिज्ञ भएपछि शारिरिक र मानसिक दुवै रुपमा तन्दुरुस्त हुनु जरुरी छ । जुन विज्ञानलाई उनी आफ्नो मानसिक शक्ति र तेक्वान्दो खेललाई शारिरिक शक्ति ठान्दछन् ।
  • बेलायती सेनामा असफल ः ः ः ः
शिक्षामा राम्रो नतिजा ल्याउन सफल भएपनि शारिरिक उचाईका कारण दुई पटक बेलायती सेनामा फेल भएका तामाङले त्यसपछि पनि पटक पटक व्यवसायमा असफलता भोग्नु परेको थियो । अमेरिका र बेलायतका लागि दुई पटक विद्यार्थी भिषा रिजेक्ट भएका तामाङले अन्तत ः राजनितिक जगतमा कलिलै उमेरमा आफ्नो नामको झण्डा गाड्न सफल भए । सायद उनी बेलायती सेनामा भर्ती हुँदो हो त नेपालको कान्छो पार्टी अध्यक्ष बन्ने अवसर गुमाउने थिए । उनी भन्छन् , जे हुुन्छ राम्रैको लागि हुन्छ । असफताबाट जिवनमा कहिले पनि हार नखानु बरु निरन्तर प्रयास गरिरहनु । कर्म गर्नेहरुका भाग्य एकदिन अवश्य बदलिन्छन् ।
  • दुई पटक जेल जिवन ः ः ः ः
राजनितिमा प्रवेश गरे सँगै प्रजातन्त्र र राजतन्त्रको वकालत गर्ने अध्यक्ष तामाङ दुई पटक गरि जम्मा १६ महिना जेल परेका छन् । सेन्टर जेल र नख्खु जेलमा रहँदा उनले जेलभित्रै पार्टीका संगठन निर्माण गरि जेलमुक्त भए पश्चात आफ्नो नेतृत्वमा राप्रपा लोकतान्त्रिक पार्टी खोलेका हुन् ।
  • राजनितिक उदेश्य ः ः ः ः ः
नेपालमा पहिलोपटक बुद्धराष्ट्रको एजेण्डा बोक्ने व्याक्ति लाक्पा तामाङ नै हुन् । उनी भन्छन् , बुद्धलाई चिन्न नसकेर देश गरिब भयो । कुनै जाति वा धर्मको आधारमा नभई बुद्ध जन्मिएको जन्मको आधारमा नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको बुद्धराष्ट्र घोषणा गर्न सके देश धनी बन्नेमा उनी विश्वास गर्छन् ।
  • भविष्यको कार्ययोजना ः ः ः ः ः
पार्टी दर्ता गरेको १ वर्षको अन्तरालमै २० जिल्लाहरुमा संगठन निर्माण गर्न सफल अध्यक्ष तामाङ अबको १५ वर्षपछि राप्रपा लोकतान्त्रिक नेपालको शक्तिशाली पार्टी बन्ने दाबी गर्छन् । साथै हाल राजनितिशास्त्रबाट बि.ए. तेस्रो वर्ष अध्ययन गरिरहेका भविष्यमा राजनितिशास्त्रबाट पि.एच.डि गर्ने योजना रहेको उनी बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend