जन आकाश
काठमाडौ ।
राष्ट्रिय टिम तयारी समितिका संयोजक तथा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको सहायक सेभ द मिसनसमेत रहेका रिमबहादुर रानाभाटले नेपालमा भएको१३औं सागको समग्र प्रतिवेदन प्रस्तुत गनुभएको छ।युवा तथा खेलकुद मन्त्रालयको संयोजनमा तयार भएको २२ पेज लामो प्रतिवेदन सेभद मिसन रानाभाटले शुक्रबार नेपाल ओलम्पिक कमिटीमा पेश गरेका हुन् ।
रानाभाटले प्रतिवेदन सार्वजनिक गरेपछि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले रानाभाटलाई धन्यवाद दिएका थिए ।१३औं साग सबै सरोकारवाला निकायको सामूहिक प्रयासका कारण ठूलो सफलता हासिल गरेको उनको भनाई थियो ।
उता अध्यक्ष श्रेष्ठले सो प्रतिवेदन भविष्यको कार्यक्रमका लागि पनि प्रभावकारि हुने जानकारि दिएका थिए ।
कार्यक्रममा सोहि ओलम्पिक कमिटीका उपाध्यक्ष अशोकरत्न बज्राचार्य, चतुरानन्द राज वैद्य महासचिव नीलेन्द्रराज श्रेष्ठ सहितको सहभागिता थियो ।गत वर्ष १५ देखि २४ मंसिरसम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको प्रतियोगितामा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कांस्यपदकसहित कुल २०७ पदक जित्दै दोस्रो स्थानमा चुमेको थियो। सागमा नेपालले जितेको यो सबैभन्दा धेरै हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend