जन आकाश
काठमाडौं ।राष्ट्रिय खेलकुद परिषदको भावी सदस्यसचिवको लागि ११ जना प्रतिस्पर्धा गर्न निवेदन परेको छ । त्यो ११ जनाका प्रतिस्पर्धी मध्य अलि फरक र खेलकुद क्षेत्रकै स्पोर्टस् साइन्समा विद्यावारिधिमा (पिएचडी) गरेका अच्युतम् लामिछानेले पनि रहेका छन् ।
सदस्यसचिवका लागि दुई महिलासहित ११ जनाले निवेदन दर्ता गराई सकेका छन्।
जसमा खेलकुद क्षेत्रमा बिध्याबारिधि गरेको व्यक्ति भने लामिछाने मात्रैै हुन् । लामिछाने स्पोर्टस् साइन्समा बिध्याबारिधि गर्ने पहिलो नेपाली समेत भएको जानकारहरु बताउछन् । ४३ वर्षीय लामिछानेले दक्षिण कोरियाको योङ इन विश्वविद्यालयवाट स्नातक, स्नतकोत्तर गरेको बताएका हुन् । उनले सन् २०१२ देखि २०१६ सम्म राष्ट्रिय खेलकुद परिषदअन्तर्गत स्पोर्टस् साइन्स एकेडेमी (शान) सातदोबाटोमा खेल विज्ञको रूपमा चार वर्ष कार्य गरिसकेका अनुभवी ब्याक्ति पनि हुन् । लामिछाने तेक्वान्दोका ब्ल्याकबेल्टसहित फोर डान समेत लिएका छन् ।
स्पोर्टस् साइन्स एकेडेमी (शान) मा आवद्ध रहँदा उनले खेलकुदको आधारभूत विकास नभएको र खेलकुदको नीति–सिद्धान्तभित्र रहेर खेलकुदको गतिविधिलाई पुर्णरुपमा सञ्चालन हुन नसकेको र राजनीतिक दबाबमा रहेर सबै निर्णय गरिने हुँदा खेलकुदको बिकाश हुन नसकेको देख्दा म भित्र भएको स्वास्थ स्वतन्त्र निष्पक्ष भावनालाई ब्यवहारवाट लागु गरेर खेलकुद क्षेत्रलाई आमुल परिवर्तन गर्न आफूले सदस्यसचिवको उम्मेदवारमा निवेदन दिएको बताएका छन् ।
साथसाथै उनले सदस्यसचिवको लागि उम्मेदवारी दिँदा समग्र खेलकुदको विकास ‘राष्ट्रिय खेलकुद विकास परियोजना’को खाका बनाएर कार्यपत्र निवेदनका साथ पेस गरेका छन् । रिसर्च गरेर दिन नपाए पनि नेपाल सुहाउँदो वैज्ञानिक ढङ्गले तयार पारेर आफुले कार्यपत्र तयार गरि दिएको लामिछानेले जन आकाशलाई बताएका हुन ।
लामिछाने ‘राष्ट्रिय खेलकुद विकास परियोजना’ सम्बन्धी ६५ पेज लामो कार्यपत्र पेस गरेका गरेका छन्।
आफुले निवेदनसहित कार्यपत्र मन्त्रालयमा बुझाउँदा समितिका पदाधिकारीले यो लेवलको उम्मेदवारी र कार्यपत्र आउँछ भन्ने विश्वास नलागेको भन्दै सकारात्मक धारणा मन्त्रालयवाट आएको लामिछानेले भने तपाईंजस्तो व्यक्तिको खेलकुदमा खाचो छ भन्दै खेलकुद मन्त्रलय पनि सकरात्मक रहेछ भन्ने मैले बुझे । म सदस्यसचिवको लागि योग्य व्यक्ति हुँ, तर म सदस्यसचिवको प्रतिस्पर्धामा यदी सदस्य सचीव भएनछु भने पनि नेपाल राष्ट्रको खेलकुदलाई बिकाश गर्न सहयोग गरि नै रहने छु त्यसैले त म सदस्यसचिवमा चयन नहुँदा ,पनि राज्यलाई खेलकुद विकासको लागि काम लागोस भनि ६५ पेजको खेलकुद कार्यपत्र पेश गरेको उनको धारणा रहेको छ ।
सदस्यसचिवको उम्मेदवारीको लागिे निवेदन दिने अन्तिम मिति साउन १ गते बिहीबार थियो।
नेपालको खेलकुद क्षेत्रमा राजनीतिकरण गरेर अस्तब्यस्त बनाइएको छ । पछिल्लो समय केही सुधार हुदै गइरहेको बेला राष्ट्रिय खेलकुदको कार्यपत्र नै प्रस्तुत हुन सक्ने बिज्ञ समेत नेपालले हाशिल गरेको हुदा प्रष्फुटन हुदै गरेका नयाँ प्रतिभा र मेहनती खेलाडी र खेलकुद जगत कै कायपलट गर्न योग्य दक्ष जो छ । उसैलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचीव नियुक्त गर्नुपर्छ ताकी जसले नेपाल देशको प्रतिष्ठा र नेपाली सक्षम खेलाडीहरुको भबिष्य सुनिश्चित गरोस ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend