logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुजुकि बाईकको खरिदमा १५ हजार नगद छुट ०५ ब्याजको अफर


  • जन आकाश
  • शनिबार, साउन ३ २०७७

काठमाडौं ।



सुजुकि मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अटोमोबाईल्स प्रा .लि .ले ग्रहकहरुलाई मध्यनजर गर्दैकोरोना विशेष स्किमको घाषणा गरेको छ । बिगत ३ महिनाबाट लकडाउनले पारेको आर्थिक असरलाई केही सहज मिलोस भन्ने हेतुले उतार चडाब आईरहन्छ, सुजुकिको साथ रहिरहन्छ भन्ने मुल नारा राखेर प्रत्येक मोटरसाईकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट वा ०५ ब्याजदरको स्किमको आह्वान गरेको छ ।ग्राहकलाई १५ हजार नगद छुटवा ०५ ब्याजदर मध्ये जुन ठिकलाग्छ त्यो छानेर लिन सकिने कम्पनिले जानकारि दिएको छ ।

कम्पनीले अगाडि सारेको स्किम यहि श्रावण १ गतेदेखि ३१ गतेसम्म नेपालभरका सम्पूर्ण शाखाहरुबाट प्राप्त गर्न सकिनेछ।एक्सचेञ्जमा समेत यो स्किम लागु गरिएकौकम्पनिले जानकारी गराएको छ ।

सुजुकिको जिक्सर २५० सिरिज, जिक्सर १५०सिरिज, ईन्ट्रुडर तथा हयातेबाईक छन भनेस्कुटर तर्फ बर्गम्यान, एक्सेस तथा लेट्स रहेका छन।१बर्ष अगाडि मात्र नेपाली बजारमा बिक्रि सुरु भएको जिक्सर भेरियन्ट युवा पुस्ताले निकै रुचाईएको बाईकमा पर्दछ भने बर्गम्यानम्याक्सि स्कुटर भएकै कारण पनि लोकप्रिय रहेको कम्पनीले जनाउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend