logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल राष्ट्र बैङ्कका गभर्नरलाई नाडाको आग्रह

५० प्रतिशत रहेको कर्जालाई ९० प्रतिशत पु¥याउन अनुरोध


  • जन आकाश
  • शनिबार, साउन ३ २०७७

काठमाडौं ।
नेपाल राष्ट्र बै ङ्कका गर्वनरबाट प्रस्तुत मोद्रीक नीतिले नेपालको अटोमोवाइल क्षेत्रलाई समेट्ने कुनै बिषय नपरेको भन्दै नाडाले दुखेसो दुखेसो पोखेको छ । कोरोना भाईरसको संक्रमणबाट आम जनताको स्वास्थ रक्षाको लागि सरकारले लगाएको झण्डै ३ महिना लामो पूर्ण बन्दाबन्दी र हालको आशिंक बन्दाबन्दीको कारण झण्डै धरासायीको अवस्थामा पुगेको अटोमोवाइल व्यवसायको उत्थानका लागि नाडाबाट प्रस्तुत सुझावहरुप्रति पूर्नविचारका लागि हामी हार्दिक अनुरोध गर्दछौ भनि एक बिज्ञप्तिमार्फत आग्रह गरिएको छ ।



नेपाल राष्ट्र बैँकले अटो लोनलाई जोखिमयुक्त वस्तुको रुपमा वर्गीकरण गरी मूल्यको ५० प्रतिशतसम्म मात्र कर्जा दिने नीतिलाई आजको मोद्रिक नीतिले पनि निरन्तरता दिएको छ । त्यसैगरी हालसम्म पनि कायम रहेको र Hire Purchase Loan को सम्बन्धमा कर योग्य आयको कूल मासिक आम्दानीको ५० प्रतिशत मात्र किस्ता तिर्न सकिने व्यवस्थालाई पनि मोद्रिक नीतिले निरन्तरता दिएको भन्दै अटादेमोबाईल्स क्षेत्रले दुखेसो पोखेका हुन् ।

नेपाल राष्ट्र बैंकको पूर्व निर्णयहरुका कारण सवारीसाधन व्यवसायमा गम्भीर असर परेको र यसबाट राष्ट्रको सर्वाङ्गिण विकासमा नै नकारात्मक असर परिरहेको सर्व र यस नीतिको नकारात्मक प्रभाव यसको आयातमा परेको छ भन्ने कुरा सरकारी तथ्याङ्कहरुबाटै देखिएकै अवस्थाम । आर्थिक बर्ष २०७४÷७५ मा कुल सवारी साधनको आयात ४३७६१४ वटा रहेकोमा आर्थिक बर्ष २०७५÷७६ मा यो घटेर ३७०२३८ वटा पुगेको छ । अर्थात १५.३९ प्रतिशतले आयात घटेको देखिन्छ । त्यसैगरी आर्थिक बर्ष २०७५÷०७६ को माघ महिनासम्मको आयात र चालु आर्थिक बर्ष अर्थात २०७६÷०७७ को माघ महिनासम्मको आयात तथ्याङ्कलाई तुलना गर्दा पनि कूल आयातमा १६.८० प्रतिशतले आयात घटेको देखिन्छ र यो अझ घटदो क्रममा रहेको देखिन्छ । प्रत्येक बर्ष सवारी तथा ढुवानीका साधनहरुको आयात सरदर २० प्रतिशतले बढदै जाने क्रम रहेकोमा अहिले झण्डै त्यही अनुपातमा कूल आयात ओरालो लाग्दै गएको अवस्था छ भन्दै नाडाले बिज्ञपप्तिमा उल्लेख गरेको गरेको छ । उसले भनेको छ ।

राष्ट्रलाई समुन्नत र समृद्ध बनाउन सवारीसाधन अपरिहार्य रहेकोले देशभरी सडक सञ्जाल पु¥याउने र प्रत्येक नागरिकलाई आवागमनमा सहजता ल्याउन आफ्नै सवारीसाधन होस् भन्ने नीति आउनु पर्नेमा त्यसको ठीक विपरित कर्जा प्रवाहको सीमा मार्फत सवारीसाधनमा नै अंकुश लाग्ने गरी विगतमा ल्याईएको सोहि नीतिलाई नै निरन्तरता दिनु आफैमा विरोधाभाषपूर्ण भएको छ । उल्लेखित निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी यस कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउनु पर्ने सुझाव पेश गर्दछौ । यसबाट सवारी साधन खरिद गर्न चाहनेहरुका लागि सहजता हुने, यसको प्रतिफलस्वरुप ओरालो लागेको सवारी साधनहरुको पैठारीमा सुधार आउने, सरकारको राजश्व प्राप्तिमा स्वभाविक रुपले बृद्धि हुने र देशको अर्थतन्त्र पनि थप चलायमान हुनेछ भन्ने हाम्रो विश्वास छ भनि नाडाले सुझाव सहितको आग्रह पनि गरेको देखिन्छ ।

निजी प्रयोजनका सवारीसाधनमा प्रवाह हुने कर्जा सीमा ५० प्रतिशतसम्म मात्र हुने व्यवस्थालाई पुर्नविचार गरी कर्जाको सीमा बृद्धिगरी ९० प्रतिशत पु¥याउन पनि आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend