logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिपतका लागि योजना बनाऔं


  • जन आकाश
  • मंगलबार, साउन ६ २०७७

नेपालमा यतिवेला बाढी, डुवान, पैरो, जस्ता प्रकृतिक बिपत्तिले मानिसहरुको ज्यान लिइरहेको छ । बढीले मानिसहरु बगाएको, पैरोले पुरेको डुबानमा डुबेर मरेको देशैभरीवाट खवर आइरहेका छन् । यो घटना देशको लागि अत्यन्तै दुखः दायी घटना हो । त्यो भन्दापनि निक्कै दुखः लाग्दो बिषय यो बनेको छ बाढीले जतिलाई बगायो तिनका आफन्तलाई परेको पीडा देशका मानवीय हित चाहानेहरुको लागि निक्कै पीडादायी बनेको छ । देश मर्माहत भएको छ । यतिवेला सवै नेपालीलाई देश दुखेको छ ।तर देशमा कोरोना भाईरस फैलने डरले सरकारले लगायको लकडाउन नेपाली नागरिकहरु पनि सर्तक भई हिडडुलमा कमी ब्यवसायमा भइरहेको मन्दी जस्ता समस्याले चाहेर पनि ति बढी पिडीत, पैरो पिडीत, र डुवान पिडीतलाई स्वतन्त्र ढंङगवाट सहयोग गर्न सकिरहेका छैनान् । तरपनि नेपाली सेना, प्रहरी,नेपाल सरकारका मातहतमा रहेका निकायहरुले उद्धार ब्यवस्थापन गरिरहेका भएपनि त्यो प¥याप्त छैन ।



यो संकटकालीन घढीमा पनि केही संघ संस्था र नेपालीहरुले ति बिपत्तमा परेका मानिसहरुलाई आधारभुत सर सामग्रीहरु बितरण गरिरहेका छन् । यो अत्यन्तै साह्रानीय काम हो । नेपालीहरु कहिल्यै पनि मानवीय हित भुल्दैनान् भन्ने प्रमाण पनि हो । यि माथि उल्लेखित जे जस्ता घटनाहरु भएपनि सवै मिलेर सावधान खोज्नुको बिकल्प छैन ।

आउदादिनमा बर्षहरुमा पनि फेरी यसैगरी यस्तै बाढी, पैरो, डुवान आउने निश्चित छ । नेपालको भुगोल पाहाड, हिमाल, तराई मिलेर बनेको हुदा हिमालमा पानी पर्दा पाहाडमा झर्ना खस्छ । पाहाडमा पानी पर्दा चुरेमा पैरो खस्छ । चुरेमा पैरो खस्दा तराईमा डुवान बन्छ । यो बिशेषता सायद संसारमा नेपालमा मात्र होला । अर्कोतर्फ नेपालको भुगोल बिभिन्न प्रकार आकार मिलेर बनेको छ । याहाका मासिहरु पनि त्यसैगरी आकार प्रकारमा बाडीएर छरिएर बसोवास गरिरहेका छन् । कुनैको घर भिरको टाकुरामा छ । कुनैको खोलाको किनारमा । कुनैको समथर मैदान तराईमा छ । यो परापुर्व कालदेखि बसोवास गदै आएको नेपालीहरुको चलन थियो । हो । अहिले पछिल्लो समयमा यातायातको साधन पु¥याउन जताततै सडक खनेर प्राकृतिक सौदर्यलाई तहस नहस बनाएर मापदण्ड नपनाउदा पनि कतिपय ठाउमा पैरोको समस्या आएको देखिन्छ । यातायात सवरी सुविधा मानिसहरुको लागि अत्यन्तै आवाश्यक छ । तर प्रत्येक बर्ष खोस्रेर बातावरण नै बिगारर्ने गरी बनाइएका छन् । प्रत्येक बर्ष खोस्रीमात्र रहन्छन् । यो पनि एउटा समस्या हो । सडक बनाउदा एकैपटक कलभड, नाली, पानी कटाउने गरी र पैरो जोखिम क्षेत्रमा प्रविधिहरु अपनाएर गर्नुपर्ने कामहरु कतै गरेको देखिदैन । एउटा सडक जापान प्रविधिमा बनाएको धुलिखेल खुरर्कोट सडक खण्ड वाहेकका । त्यस्तै अर्को समस्या नेपालको साध जोडिएको राष्ट्र भारतले नेपालवाट बगेर जाने पानीलाई स्वतन्त्र ढंगवाट बग्न नदिएर अनाधिकृत बाध बनाई बर्खाको बेला थुनिदिदा नेपालका तराईका भु–भागहरु डुवानमा पदै आएका छन् । यो समस्या आजको यो बर्षाको मात्र होइन ।

त्यसैले बिपत्तकालीन अवस्था आउन नदिन दिर्धकालीन योजनाहरु बनाएर काम गर्नु बुद्धिमानी हुन्छ । त्यसको लागि नेपालका जोखिममुक्त खाली जमिनका क्षेत्रहरु पसस्तै रहेका छन त्यस्ता क्षेत्रहरुमा व्यवस्थित बस्ति बसाउन योजना बनाउनु पर्ने हो । र नेपालका पैरो जोखिम क्षेत्रमा बसोबास गरिरहेका क्षेत्रहरुका मानिसहरुलाई जोखिममुक्त क्षेत्रमा सार्ने आफैले अन्तै खोजेर बनाउन सक्ने हैशियत भएकालाई स्वतन्त्र रुपमा बनाउन दिने त्यो पैरो, बाढी, डुवान जोखिम छकी छैन त्यो सम्बन्धित निकायले प्रमाणित गरिदिने जो सँग त्यो हैशियत छैन । ति नागरिकहरुको लागि सरकारले ब्यवस्थापन गरिदिनु पर्छ । यस्ता दिर्धकालीन योजना थलिहाल्नुपर्छ भन्दै यस्तो सम्पादकीय लेख्न थालेको एक दशक भईसकेको छ । तर समस्या जस्ताको तस्तै घटना दोहोरी रहेका छन् । यो झनै चिन्ताको बिषय बनेको छ । यस्तै चिन्ता बढ्दै जाने र समस्याको सावधान नखोज्ने र बिपत्तको लागि बनाएको प्राकृतिक बिपत्त राहात कोष  योजनाहरु गफ लगाउने थलो बाहेक केही बन्दैनान् र नेपालका पुर्खाले रगत पसिना चुहाएर बनाएको इतिहाँस प्रतिष्ठामा समेत यस्ता प्राकृतिक बिपत्तसँग लडने योजना बनाउन नसक्दा छिमेकीले लगाएको बाँधको कुटनीतिक पहल गरेर सावधान खोज्न नसक्दा नेपालले लज्जित हुनुपर्ने अवस्था आउन सक्छ ।

त्यसकारण नेपालका सवै नागरिकको उत्तिक्कै महत्व छ । ति सवै नागरिकले अकालमा ज्यान नगुमाउन भन्नका लागि दिर्धकालीन योजना बनाउन जरुरी छ । जतिवेला समस्या पर्छ त्यतिेला योजना बनाएर काम गर्न त्यति सजिलो हुदैन । दिर्धकालीन योजना बनाएर बिकल्प सहितको जोखीममुक्त क्षेत्रमा ब्यवस्थित बस्ति बसाउनु पर्छ । तवमात्र हामीले प्रत्येक बर्ष बाढीले, पैरोले, डुवानमा, आगलागी हुदा हुने मानवीय क्षती जोगाउन सक्छौ । यो मानवीय हितभन्दा संसारमा अरु ठुलो काम के नै छ र । त्यो काम गर्न नेपाल रहेका नेपाललाई माया गर्ने युवाहरुलाई जो सँग यस मानवीय बचाउने योजनाहरु छन् उनिहरु खोजौ र संयम सेवकको रुपमा परिचालन गरेर अध्ययन गरेर नेपालमा आउने बिपत्तहरु रोकौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend