जन आकाश
दराज र ईसेवाले ल्यायो केवल १ रुपैयाँमा आईफोन एसई जित्ने मौका
काठमाडौँ
अग्रणी अनलाइन बजार, दराज, र नेपालको अग्रणी अनलाइन भुक्तानी सेवा प्रदायक, ईसेवाले, केवल १ रुपैयाँमा नयाँ आईफोन एसई जित्न सकिने रोमाञ्चक वान रुपी गेम अवसर लिएर आएका छन् । भाग लिनको लागि, ग्राहकहरूले दराजमा I प्रोमोकोड लगाई आईफोन एसई केवल १ रुपैयाँ मा ईसेवा बाट भुक्तानी गरि अर्डर गर्न पर्नेहुन्छ।
अफर साउन ७ देखि २२ सम्म उपलब्ध हुनेछ । विजेताको घोषणा साउन १६ मा दराज एप र दराज नेपालको फेसबुक पेज मार्फत गरिनेछ । विजेता घोषित भएपछि, सबै सहभागीहरूले आफ्नो ईसेवा खातामा १ रुपैयाँ फिर्ता पाउनेछन्। यसका साथै ग्राहकहरुले साउन १२ देखि २७ सम्म चल्ने दराज महाबचात बजार अभियान अन्तर्गत दराजमा कुनै पनि समानको रकम ईसेव मार्फत पैसा तिर्दा १००० रुपैयाँ सम्म को छूट पाउनेछन् । ग्राहकहरूले दराज महाबचात बजारमा, फेसनदेखि इलेक्ट्रोनिक्स हरेक किसिमको समानको खरिदमा ठूलो बचतको आशा गर्न सक्नेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend