logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

किया सोनेटको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा कियाले थप्यो नयाँ गति शीलता र तस्विर


  • जन आकाश
  • शुक्रबार, साउन ९ २०७७

काठमाडौं ।



सोनेटको बोल्ड, पावरफुल तथा विशिष्ट डिजाइन डिएनएको तस्बिर औपचारिक रुपमा सार्वजनिक
युवा मन र दृढ इच्छाशक्ति भएका क्रेता लक्षित ।
परिष्कृत आधुनिक डिजाइन, आकर्षक विषेता र अतुलनीय जोशको अनुभव
कम्प्याकट एसयुभी वर्गमान नयाँ डिजाइन बेन्चमार्क स्थापना
कियाको सेल्टोसपछि भारतमा निर्मित दोस्रो कार बजारमा ल्याउन सार्वजानिक भएको छ ।

कियामोटर्स कर्पोरेसनको पूर्ण स्वामित्वको भगिनी संस्था कियामोटर इन्डियाले बिहीबार नया ँकिया सोनेट कम्प्याक्ट एसयुभीको पहिलो तस्बिर सार्वजनिक गरेको हो । सोनेटको पहिलो पटक २०२० दिल्ली अटो एक्स्पोमा सार्वजनिक गरिएको थियो । यसको ताजा बाहिरी डिजाइनले व्यापक प्रशंसा पाएको थियो । सार्वजनिक गरिएको नयाँ तस्बिरका साथ सोनेटले आगामी हिउँदमा बजारमा आउँदा डिजाइनको नयाँ मानक स्थापना गर्नुका साथै कम्प्याक्ट एसयुभी सेग्मेन्टमा नयाँ गतिशीलता थप्ने लक्ष्य लिएको छ ।

किया सोनेटले चित्ताकर्षक डिजाइनलाई प्रिमियम र ताजा अपिलसँग एकाकार गर्दै उक्त ब्रान्डको डिएनएलाई जोड दिएको छ । कम्प्याक्ट एसयुभीको बोल्ड डिजाइनमा कियाको परिचायक डिजाइन विशेषताहरु, सशक्त दृश्य प्रभावका लागि त्रिआयामिक ज्यामितीय ‘स्टेपवेल’जालिका साथ विख्यात बाघको नाकजस्तो जालि लगायतको सम्मिश्रण छ । कियाको परिचालक जालिमा भारत प्रभावित प्रभाव प्रदर्शन हुँदा सोनेटको आक्रामक मुद्राले यसको विषम अपिल प्रकट गरेको देखाउ छ ।

‘नयाँकिया सोनेटका साथ कम्प्याक्ट एसयुभीमा धेरै ठूला बाहनमा मात्र पाइने एउटा सशक्त र मजबुत विशेषता दिने हाम्रो आकांक्षा थियो । यसलाई ध्यानमा राखेर हामीले गजबको एसयुभीमा हुनुपर्ने भनी हामीले विश्वास गरेको विशिष्ट स्पोर्टी भाव, निश्चित मुद्रा र गतिशील रुपरेखा अनुसार डिजाइन गरेका छौं कम्पनीको भनाई रहेको छ । हामीले नयाँकिया सोनेटको सबै पक्षमा कुनै सम्झौता नगरी ध्यान दिनुका साथै भारतमा हाम्रा डिजाइनरले फेलापार्न सक्ने उत्कृष्ट सांस्कृतिक सम्पदाबाट प्रभािवत रङ र मेटेरियल छनोट गरेका छौं,’ कियामोटर कर्पोरेसनको किया डिजाइन सेन्टरका प्रमुख तथा सिनियर भाइस प्रेसिडेन्ट करिम हबिबले भन्नुभयो । ‘समग्रमा हामी नयाँकिया सोनेट हाम्रा युवाहरुका लागि लोभलाग्दो विशेषता सहितको शानदार एसयुभी हुनेछ भन्ने विश्वास गर्दछौं । भनिएको छ ।

सोनेट भारतमा कियाद्वारा निर्मित दोस्रो कार हो । यसअघि कियाले भारतमा सेल्टोस उत्पादन गरेको थियो । नयाँ मोडलले विश्वभरका ग्राहकलाई आकर्षित गर्ने र छिट्टै यसको ग्लोबल प्रिमियर हुने बताइएको छ । त्यसपछि आगामी पर्वको छेकोमा भारतमा सोनेट सार्वजनिक गर्ने कार्यक्रम छ । किया सोनेट प्रविधिसँग जानकार, आकांक्षी र सामाजिक रुपमा जोडिएका युवा पुस्ता लक्षित कार हो ।

द पावर टू सरप्राइज ब्रान्ड स्लोगनका साथ कियामोटर इन्डिया, सेल्टोसको हालसालै गरिएको सार्वजनिकीकरण र कार्निभलमा देखिएको अतुलनीय स्वामित्व अनुभव प्रस्तुत गर्दै ग्राहकको अतृप्त आवश्यकता र चाहना पहिचान एवं परिपूर्तिका लागि प्रयासरत छ । लन्च हुँदा सोनेट चित्ताकर्षक डिजाइनका कारणले मात्र नभएर अति उत्तम निर्माण गुणस्तर, यो वर्गको नेतृत्वदायी विशेषता, कनेक्टिभिटीको नविनता, पावर ट्रेनको छनोट र बृहत् सुरक्षा उपकरणका कारण प्रख्यातहुनेछ ।

किया मोटर्स कर्पोरेसन बारे
किया मोटर्स युवा मनका लागि विश्वस्तरीय बाहन निर्माता हो । सन् १९४४ मा स्थापित कियाले अहिले वार्षिक ३० लाख गाडी विश्वका १९० मुलुकमा बिक्री गर्छ । संसारभर ५२ हजारलाई रोजगारी दिएको कियाको वार्षिक रेभेन्यू ५० अर्ब अमेरिकी डलर छ भने ६ वटा मुलुकमा यसका उत्पादन प्लान्ट छन् । किया अब विस्तारै विद्युतीय बाहन उत्पादन तर्फ जाँदै गरेको कम्पनीहो, जसले विश्वभरको सहरी सहरी मोबिलिटी सेवाका चुनौती सामना गर्न मद्दत गर्नेछ । द पावर टू सरप्राइज भन्ने कियाको ब्रान्ड स्लोगनले अपेक्षाभन्दा परको प्रचलित र प्रभावशाली अनुभवबाट विश्वलाई चकित पार्ने यसको विश्व व्यापी प्रतिबद्धताको प्रतिनिधित्व गर्छ भन्ने धाराण पनि आज सार्वजानिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend