जन आकाश
यतिबेला बिश्वमा कोरोनाको हल्ला ब्यापक भईरहेको छ । मानिसहरुलाइ कोरोना लागेको पनि छ । तर, नेपालमा यतिवेला झरी बर्षा हुदा खानेपानीमा भलबाढीले पानीको मुहानमा फोहोर पानी मिसाई दिने हुुुुुदा खानेपानी प्रदुशित हुने र मानिसहरुले प्रयोग गर्ने पानीमा यो साउन भदौमा ब्याक्टेरिया धेरै हुन्छ भन्ने ज्ञान नहुदा र अझ भन्ने हो भने काठमाडौ उपत्यकामा त खानेपानीको अभाव आर्थिक समस्या हुदा काठमाडौ उपत्यकाको घरको धारामा पानी मात्र आएपनि त्यो मानिसहरुको लागि ठुलो कुरा ठानेर प्रयोग गर्छन । यस्ता कारणहरुले गर्दा बर्षेनि नेपालमा यो साउन भदौको समयमा धेरै मानिसहरुमा झाडाबान्ता, जरो आउने, सरुवा रोगहरु फैलने गरेको छ । यस्तो समस्या आउन नदिन यतिवेला सवै सजग हुनुपर्छ । किनकि यतिवेला जस्तो रोग लागेपनि कोरोनासँग तुलना गरेर अस्पतालहरुले अन्य बिरामीहरुको राम्रो उपचार हुन नसकेर मृत्यु भइरहेको अवस्था छ ।
त्यसैले सवैभन्दा आफै सतर्क रहने र धारामा आउने पानी उमालेर सम्भव भए फिल्टर गरेर पिउने त्यो सम्भव नभए सफा कबडामा कबाडछान गरेर पिउने गर्नुपर्छ ताकी हामी प्रत्येक वर्ष हुने झाडा बान्ता भाईरल जरो रुघा, खोकी वाट बच्न सकु ।
त्यति गर्दापनि रुघा, खोकी, भाइरल जरो आएमा समयमै अस्पताल जाउ र त्यस्ता रोग लागेका बिरामीहरुलाई नजिकमा रहेका जो कसैले देखेमा एकले अर्र्कोलाई सहयोग गरेर भएपनि अस्पताल पु¥याउने काम गरौ ।भनेको बेला सवारी साधनको पनि अभाव छ । एकातिर भने अर्कोतर्फ आर्थिक अभावले पनि मानिसहरु अस्पताल जान हिच्किचाई रहेका हुन्छन् । त्यस्तो अवस्थामा वरीपरिका साथीभाई जो जसले त्यसखालका बिरामी देखेमा आर्थिक सहयोग हौशला दिएर अस्पताल पु¥याउने काम गर्नुपर्छ । अहिले जताततै कोरोनाको मात्र चर्चा भईरहेकोले सामान्य रुघा, खोकी लागेको मान्छे देखिने बित्तिकै कोरोना भनेर नझुक्किउ बास्ताविक कुरा बुझेर मात्र मानिसहरुमा ब्यवहार गरौं । कोरोना नै लागेकै रहेछ भने पनि सामाजिक दुरी कायम गरेर वा साधनहरु प्रयोग गरेर मानिसमा आईपर्ने आपत बिपतमा सहयोग गरौं । त्यसैले त मानिसलाई चेतनशील प्रणी भनिएको हो ।
अहिले नेपालमा नेपालीहरुको सदभाव एकता एक अर्काप्रति सहयोग गर्ने भावना आजपनि कायम रहेको छ । एक अर्काको दुखःमा साथ दिने नेपालीहरुको स्वभाव छ । त्यसलाई कायम राख्न र नेपालले मानवताको ख्याल गर्नसक्छ भन्ने उदारण दिन पनि यो संकटको घडीमा एक अर्को साथीभाईको सहयोग आवाश्यक छ ।
अहिले लकडाउन पुर्ण रुपमा लागेको नभएपनि मानिसहरु एक ठाउँवाट अर्को ठाउँमा पुग्न सेवा सुबिधावाट बञ्चित छन् । यस्तो बेलामा सवैले सत्य तथ्यमा आधारित सुचनाहरु मात्र प्रवाह गर्नुपर्छ ताकी मानिसहरु झुक्किएर बाटोमा अलपत्र नपरुण सुचना भन्नाले पत्रपत्रिका, टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल मात्र होईनन् । कहिलेकाही साथीभाई आफन्तले दिईने फोन प्रयोग गरी दिने जानकारी मानिसहरुलाई पठाउने खवर पनि सुचना हुन । यी सुचनाहरु प्रयोग कर्ताहरुले पनि समाजमा भईरहेका घटना देखेका सत्यभन्दा फरक खालका सुचनाहरु दिनु हुदैन ।
अहिले त कोही बिरामी परेको मान्छे देख्यो कि कोरोना भनेर हल्ला गर्ने नचाहिदो कुरा बढाउने गरेर समाजमा भय सृर्जना गर्ने कुराहरु पनि भईरहेका छन् । यस्तो कसैले गर्नु हुदैन । आफ्नो टोल छिमेकमा कुनै मानिस अरुनै कारणले पनि बिरामी पर्नसक्छ । बिरामी पर्ने बित्तिकै कोरोना लागेछ भनेर सवै मानिसहरु बिरामीको बास्ताविकता नबुझि झुक्किए भने एउटा उपचार पाएर निको हुने बिरामी अनाहकमा नबुझी उपचार नपाएर मृत्यु हुनसक्छ । त्यसकारण कोरोनाको बास्ताविकता बुझेर मात्र कुराहरु गर्ने गर्नुपर्दछ ।
सामान्य भन्दा सामान्य सधै नेपालमा यो साउन भदौमा लाग्ने भाईरल जरो, रुघा, खोकीलाई कोरोना भनेर बेवास्ता गर्नु हुदैन र समयमा नै उपचार वा सतर्क अपनाएर बच्न र बचाउन सकिन्छ । यो मानवीय धर्म हो । यस्तो काम नेपालीहरु जाहा रहेपनि भएपनि सवै मिलेर गरौं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend