logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बैंक अफ काठमाण्डू बैकको कर्मचारी संघले आविष्कार केन्द्रलाई सहयोग गरयो


  • जन आकाश
  • आइतबार, साउन १८ २०७७

मोहन कार्की
काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई रु २५१,०००।०० (अक्षेरुपी दुई लाख एकाउन्न हजार) सहयोग हस्तान्तरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको छ ।
आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहनु भएका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आईरहनु भएको छ । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठद्वारा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।



राष्ट्रिय आविष्कार केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघको प्रमुख श्रेष्ठले जानकारी दिनुभएको हो ।
बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक कार्यमा बैंक संगै अग्र स्थानमा रही सेवा गरीरहेकोे कर्मचारी संद्धघले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend