जन आकाश
नेपालमा पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ पीसीआर परीक्षणमा ४ सय ६८ जनामा सं’क्रमण देखिएको हो ।
शनिबार सबैभन्दा बढी काठमाडौंमा ७८ जना, मोरङमा ६५ जना, सर्लाहीमा ५४ जना, कपिलवस्तुमा ३२ जना, पर्सामा २४ जना, धनुषामा २५ जना र मकवानपुरमा २१ जना संक्रमित थपिएका छन् । साथै आज भक्तपुरमा ९ जना र ललितपुरमा ८ जना नयाँ सं’क्रमित थपिएका छन् ।
भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका ८ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका ११ र बर्दियाका १२ जना, विद ल्याव ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका १०, ललितपुरका १, विर अस्पतालमा भक्तपुरका १, धनुषाका १, काठमाडौंका ३ र काभ्रेका २ जना, बिएण्ड बी अस्पतालमा काठमाण्डौंमा ललितपुरका १ र रामेछापका १ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनका १, दोलखाका ५, काभ्रेका ७ र रामेछापका १ जना र उदयपुरका १, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका ८, नेपाल प्रहरी अस्पताल महाराजगन्जमा काठमाण्डौंका २४ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाण्डौंका २४, खोटाङका ६, पर्साका ३, रसुवाका १ र सर्लाहीका ४० विरेन्द्र अस्पतालमा बर्दियाका २, काठमाण्डौंका ३ रामेछापका १ जना, सूर्या हेल्थकेयर लाजिम्पाटमा काठमाडौंका २ जना, स्टार अस्पतालमा दाङका १, काठमाडौंका १०, ललितपुरका ७ र सिन्धुलीका १ जनामा सं’क्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका १, मोरङका २, सप्तरीका २, सिराहाका ४, सुनसरीका १६, तेह्रथुमका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५, सिराहाका १, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका १ र पर्साका २१ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ र सुनसरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५, महोत्तरीका ९ र सर्लाहीका ३ जनामा सं’क्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका १, डडेल्धुराका १, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा बाग्लुङका २, र्गोखाका १, कास्कीका ३, नवलपरासीपुर्वका १, स्याङजाका १ र तनहुँका २ जना, पोखरा स्वास्थ्य विज्ञज्ञान प्रतिष्ठानमा पोखरामा गरिएको परीक्षणमा कास्कीका ८, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सुर्खेतका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १, कपिलवस्तुका ३१, रुपन्देहीका २ जनामा सं’क्रमण पुष्टि भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा कपिलवस्तुका १, नवलपरासीपूर्वका १, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १० जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा बाराका १, मकवानपुरका २१,रौतहटका ४, सर्लाहीका ११, उदयपुरका १ जना, स्वास्थ्य कार्यालय दैलेखमा दैलेखका २ र सुर्खेतका १ जना, गरी देशैभरीका जम्मा ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा आज ४६८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४६८ जनासँगै नेपालमा कोरोना सं’क्रमितको कूल संख्या २६ हजार १९ पुगेको छ ।
आज विभिन्न अस्पतालबाट १ सय २४ जना सं’क्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा ११ सय ८, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ४५, बागमती प्रदेशमा ६ सय ४१ र गण्डकी प्रदेशमा १ हजार ५ सय २५ जना सं’क्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २ सय ८६, कर्णाली प्रदेशमा १ हजार ९ सय ३३ र सुदूरपश्चिम प्रदेशमा४ हजार १ सय ६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ ।
आज आइसोलेसनमा ८ सय १ सय ९३ जना सं’क्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर १ मा ८ सय ५४, प्रदेश नम्बर २ मा ३ हजार ८ सय २७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २ सय ६२ जना सं’क्रमित आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय ३६, कर्णाली प्रदेशमा २ सय २५ र सुदूरपश्चिम प्रदेशमा ८ सय १० जना आइसोलेसनमा रहेका छन । आज ५ सय २३ जना संक्रमित होम आइसोलेसनमा रहेको उहाँले बताउनुभयो । आज आइसियुमा ९८ र भेन्टिलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन ।
आज क्वारेन्टिनमा १४ हजार ४ सय ४८ जना रहेका छन । प्रदेश नम्बर १ मा २ हजार ७ सय १३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९ सय ८३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७ सय ६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ५५ जना क्वारेन्टिनमा रहेका छन ।
मन्त्रालयले सं’क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । सं’क्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend