logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“दुई थान पेस्तोल र दश राउण्ड गोली सहित दुई जना पक्राउ”


  • जन आकाश
  • शुक्रबार, भाद्र ५ २०७७

  1. काठमाण्डौँ
    यहि ३ गते हातहतियारको ओसार पसार तथा कारोबार हुँदै छ भन्ने विशेष सूचनाको आधारमा अपराध महाशाखाबाट प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको कमाण्डमा खटिएको विशेष टोलीले का।जि.का.म.न.पा. वडा नं १६ माछापोखरीबाट जिल्ला नुवाकोट शिखरबेसी( ६ बस्ने बर्ष २७ को बिकेश पण्डितलाई युएसए लेखेको पेस्तोल २ थान, म्यागजिन २ थान सो पेस्तोलमा प्रयोग हुने गोली १० राउण्ड सहित पक्राउ गरिएको र निजसँगको प्रारम्भिक सोधपुछको क्रममा उक्त हतियार ओसार पसार गराउन लगाउने व्यक्ति जिल्ला नुवाकोट लिपु गाउँपालिका( १ बस्ने बर्ष २८ को अमर तामाङलाई प्ररहरी  निरीक्षक भोला कुमार भट्टको कमाण्डमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी निजलाई लिपु, नुवाकोट निजको घरबाट पक्राउ गरेको शाहाखामाले जानकाारीदिएको छ। तिनिहरुलाइ  थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर, टेकुमा राखिएको छ।
    अनुसन्धानको क्रममा निज अमर सिंह तामाङ घले डाँका मुद्दामा ६ बर्ष २ महिना कैद सजाँय भुक्तान गरी मिति २०७६।११।१२ गते थुना मुक्त भएको र जेल बसाईको क्रममा उक्त हतियारको बारेमा जेलमा रहेको लागु औषध मुद्दामा सजाँय भोगी रहेका धादिङ खाल्टे घर भएका राजकुमार गुरुङले बालाजु एरियामा लुकाई छिपाई राखेको हतियार अपराधिक मनसायले बोक्ने तथा ओसार पसार गर्ने कार्य गरेको बुझिएको । घटनामा संलग्न अन्य ब्यक्तिको खोजतलास तथा सुक्ष्म अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend