logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

स्वास्थ्य कर्मीहरुलाई आक्रमण गर्नु निन्दनीय काम


  • जन आकाश
  • सोमबार, भाद्र ८ २०७७

स्वास्थ्य कर्मीहरुलाई दुब्यवहार गर्नेहरुलाई कारवही गर्न चौतर्फी माग ।
दुब्यवहार गर्ने अभियुक्तहरुको खोजि तिब्र ।
कडा कारवाही गर्ने सरकारको तयारी ।
काठमाडौ ।
मोहन कार्की
बिश्वमा कोभिड १९ को महामारी फैलिरहेको छ । आठ महिनाको अन्तरालमा बिश्वमा १० लाखको हाराहारीमा मानिसहरु मरिसकेका छन् । २ करोड भन्दा बढी संक्रमित छन् नेपालमा पनि यसको असर देखिदै गएको छ । पछिल्लो समय नेपालमा १५० भन्दा बढीको ज्यान गईसकेको छ । बत्तिसहजारको हाराहारीमा संक्रमण पुष्टि भएकाहरु सफल उपचार पछि १९ हजार आफ्नो घर फर्किसकेका छन् । बिरामी परेका जति सवैलाई सफल उपचार गर्न स्वास्थ्य कर्मीहरुको सहयोगले नै सम्भव भएको हो । यस्तो महामारीको बेलापनि निरन्तर खटेर धेरैको ज्यान बचाउने स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्नुपर्दछ ।



यस्तो महामारीको वेलामा सवै मिलेर सक्रमणकालीन अवस्थामा समस्याको सावधान खोज्नुपर्ने वेला हो । एकाले अर्कोलाई सकेको सहयोग गरेर नेपाली हुनुको कत्व्य पुरा गर्नुपर्ने समय हो । हुनत थुप्रै ठाउँहरुमा नेपालीहरुले पुरा गर्नुपर्ने कत्ब्य र पु¥याउनुपर्ने योगदान पु¥याएको पनि देखिन्छ ।
तर सिभिल अस्पतालका डाक्टर र चितवनका डाक्टरहरुको घरमा जुन खालका घटनाहरु घटेका छन् ति घटना घटाउने अभियुक्तहरुले नेपाल राष्ट्रको ब्यजति गर्ने कार्य गरेका छन् । त्यो मात्र नभएर राष्ट्रमा संकटको वेला सेवा दिईरहेका स्वास्थ्य कर्मीहरुमाथि अवरोध गर्ने, बहिष्कार गर्ने जस्ता क्रियाकलापले उच्च मनोवलका साथ नेपाललाई कोभिड १९ रोगवाट मुक्त गराउन खटिएका स्वास्थ्यकर्मीहरुलाई मनोवल कमजोर बनाउने कार्य ति हुलहुज्जत गर्ने अभियुक्तहरुले गरिरहेका छन् । यो काम जसले गरेको भएपनि निन्दनीय, घिनलाग्दो र चेतना नभएका मानव रुपी दानव जस्ता भनेर नेपाली समाजले चित्रण गरेका छन् ।

यो घटना घटाउनेलाई नेपाली कांग्रेस, नेकपा (माले) राप्रपा लगायत राजनीतिक पार्टी, संघ÷संस्थाहरुले बिज्ञप्ति जारी गरेर बिरोध गरेका छन् । त्यो सँगसँगै ति स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने, हुलहुज्जत गर्ने अभियुक्तहरुलाई कडा भन्दा कडा कारवाहीको माग चौतर्फी भईरहेको छ । यो माग स्वभाविक पनि छ । यस्ता समाज बिरोधि काम गर्नेहरुलाई कारवाही हुनु पनि पर्छ ।

ति हुल हुज्जत गरेर डाक्टरहरुको घरमा आक्रमण गर्न जाने ब्यक्तिहरुलाई छिट्टै नियन्त्रणमा लिएर कारवाही गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिईसकेको छ । भने गृह मन्त्रालयले ति स्वास्थ्य कर्मीहरु माथि आक्रमण गर्ने अभियुक्तहरुको केहीको पहिचान भईसकेको र केहीको खोजि कार्य भईरहेको जानकारी दिईसकेको छ र आवाशयक छानवीन गरेर ति डाक्टरहरुको घरमा र स्वास्थ्यकर्मीहरु बस्ने घरहरुमा र्दुब्यवहार गर्ने जो कसैलाई नयाँ ऐन बनाएर भएपनि कारवाही गर्ने सरकारको तयारी रहेको नेपाल सरकारले जनाएको छ ।

नेपाली समाज त्यस्ता अवान्छित गतिविधि गर्ने जो कसैलाई कारवाही होस् भन्ने चाहन्छ । यस्तो संकटको वेला शक्ति र भक्तिको आडमा कसैले पनि उन्मुक्ति पाउनु हुन्न ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend