logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कोभिड ( १९) बढदो क्रममा उपत्यकामा डरलग्दो अवस्था

सजक रहन स्वास्थ मन्त्रालयको अनुरोध


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०७७

काठमाडौँ ।  पछिल्लो समय तिब्र गतिमा फैलिएक कोरोना भाइरस (कोभिड–१९) फैलिरहेको छ। बन्दाबन्दी अघिसम्म काठमाडौंँ उपत्यकामा लगभग शून्यको अवस्थामा रहेको कोरोना पछिल्ला केही दिनमै दुई सयभन्दा बढीको सङ्ख्यामा बढेको छ । सोमबार मात्र उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या २२४ पुगेको छ । एकै दिनमा उपत्यकामा बढेको यो उच्च सङ्ख्या हो ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार उपत्यकामा थप २२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले सरोकार निकाय र नागरिक तहमा उच्च सतर्कता आवश्यक भएको बताए । उनले यही अवस्थामा सङ्क्रमितको सङ्ख्या बढ्दै गए समुदायमा फैलने र उपचारमा समेत कठिन हुनेछ भने।

उनले उपत्यकासहित नेपालमा भने ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । देशका विभिन्न प्रयोगशालामा १० हजार २४३ जनाको पीसीआर परीक्षणका क्रममा ७४३ जनामा कोरोना भाइरस सङ्क्रमण पोजेटिभ देखिएको हो । तीमध्ये २४६ महिला र ४९७ पुरुष छन् । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ३२ हजार ६७८ पुगेको छ । प्रवक्ता गौतमले देशभर ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेको बताए । त्यसैगरी होम क्वारेन्टाइनमा चार हजार ५६१ जना छन् । विभिन्न अस्पतालका आइसोलेसनमा नौ हजार १५४ जना सङ्क्रमित उपचाररत छन् ।

प्रवक्ता डा। गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उनले काठमाडौँमा ४८ वर्षीया एक महिलासहित आठको मृत्यु भएको बताए । यस्तै सुनसरीका ६७ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७१ वर्षीया महिला र रुपन्देहीमा ६७ वर्षीया महिला र ३८, ५३, ५४ वर्षीय पुरुष गरी आठ सङ्क्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १५७ पुगेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend