जन आकाश
यतिवेला बिश्वमा फैलियको कोरोनाको त्रासले मानिसहरु आ– आफ्नो गाउँ घरमा फर्केका छन् । गाउँ नै गाउँले भरिएको देश नेपालमा गाउँ छोडेर शहर गएका र बिदेश गएका समेत जन्मथलो फर्केका छन् । फर्केका अधिकांस युवा पुस्ता सक्रिय जनशक्ति हुन् ।
स्थानीयमा जनसंख्या बृद्धिहुदा हरेक स्रोत साधन परिचालनमा समस्या भएपनि दक्ष जनशक्तिहरुलाई उनिहरुको क्षमता अनुसार ब्यवस्थापन गरेर स्थानीय बिकाशमा लगाउन सकिन्छ । यो अवसरलाई स्थानीय सरकारले सदुपयोग गर्नुपर्दछ ।
हिजोका दिनहरुमा अवसर नपाएर शहर पसेका र बिदेश गएका युवाहरु नै बढी छन् । ति युवाहरुलाई स्थानीइस्तरमा नै प्रोत्साहन हुनेगरी प्रत्येक स्थानीय निकायहरुले कार्यक्रम बनाएर स्थानीय सरकारले तय गरेका कार्यक्रम, बिकाश निर्माणका काम र पुरा गर्नुपर्ने कामहरु युवासँगको हात्तेमालो गरेर जानुपर्छ । जसले गर्दा स्थानीय सरकारहरुले पुरा गर्न खोजेको लक्ष्य पुरा गर्न सक्छन् । तोकेको समयमा कामहरु सम्पन्न गर्न सक्छन् । यो अवसर फेरी पनि नआउन सक्छ ।
यसको बातवरण कसरी बनाउने त ?
प्रत्येक युवाहरुको चाहना सुचनाको पहुच हुनुपर्छ भन्ने हुन्छ । अर्को सामाजिक रुपमा गरिने पुराना कुथिति र पुराना कुराहरु उठाएर समाजमा गरिने अपमान र गरिबीको रेखामुनि रहेका मानिसहरुलाई गरिने ब्यवहार स्थानीयरुपमा प्रतिकार गर्नसक्ने संयन्त्र स्थानीय सरकारले गरिदिनुपर्छ किनकि कुनै पनि युवा निरासा बोकेर आफ्नो जन्मथलो छोडेर कतै नजाओस उसले आर्जन गरेको सीप, योग्यता, दक्षता त्यही समाजमा प्रयोग होस् । जसले आफ्नो भुगोलमा रहेर हाशिल गरेको शिक्षा, अनुभव, पीडा, दखः, सुखः सवैकुराको ज्ञान स्थानीय रुपमा रहेको सक्रीय युवाहरुमा हुन्छ ।
यस्ता युवाहरुको मनोवल उच्च बनाउन, उनिहरुले हाशिल गरेको सीप, योग्यता, क्षमताको आधारमा लगानी, प्रविधिक अनुदान, उच्च प्रविधिको तालिम, कृषिको लागि पाएक पर्ने र उपयुक्त स्थलहरुको पहिचान गरेर जमिनको ब्यवस्थापन, बजारको वारेन्टी, मुल्य निर्धारण, लगानीको वारेन्टी जस्ता बिषमा स्थानीय सरकारले जिम्मा लिएर स्थानीयमा फर्केका युवाहरुलाई प्रोत्साहन भर्न ढिलो गर्नु हुदैन ।
यो नेपालको लागि सुनौलो अवसर हो ।
बिगतको समिक्षा गर्न जरुरी छ ।
नेपालमा अधिकांस जग्गा जमिनहरु बझोमा परिणत भएका छन् । यो कारणहरु अरु कुनै नभएर भुमि ब्यवस्थापन र कृषि उत्पादनको ब्यवस्थापन गर्न नजान्दा वा गर्न नसक्दा बास्ताविक किसानहरुको जिवनस्तर कहिल्यै माथि नउठ्ने तर बिचौलियाहरु जहिल्यै नाफामा हुने जस्ता समस्याको सावधान गर्न नसक्दा किसानहरु निरास हुदा गाउका किसानका छोराछोरीले गाउमा भविष्य नदेखेर नै शहर र बिदेश गएका हुन् ।
यस्ता बिषको समिक्षा हुनुपर्छ । गर्नुपर्छ । यो बर्ष नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रममा किसानहरुलाई सहुलियतपुर्ण ऋण, स्थानीय निकायहरुले साना सहकारीहरुलाई उपलब्द गराउनुपर्ने दुई प्रतिशतमा कर्जा जस्ता कार्यक्रम सार्वजानिक भईसकेको अवस्थामा अन्य नयाँ कार्यक्रम स्थानीय सरकारले आफैपनि बनाउन सक्छन् । स्थानीय सरकारलाई २५ प्रकारका अधिकारहरु प्रप्त छन् ।
यस्ता अधिकारहरु प्रयोग गरेर आफ्ना नागरिकहरुलाई स्थानीय सरकारले स्थानीयस्तरमा नै ब्यवस्थापन गरेर अहिले आफ्नो जन्मथलो फर्केका दक्ष जनशक्तिको प्रयोग गरी स्थानीय सरकारले चुनौतिको सँगसँगै उपलब्धीको अवसरमा बदल्न सक्छ । स्थानीय सरकारहरुले यता पनि ध्यान दिन जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend