logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अनलाइनमा लोकप्रिय बन्दै झापाली कान्छाको लघु चलचित्र ‘बा’


  • जन आकाश
  • मंगलबार, भाद्र ९ २०७७

 



काठमाडौं ९ भदौ । फुलवारी मिडिया युटुव च्यानलमा रिलिज भएको लघु चलचित्र “बा” ले अहिले अनलाईन दर्शकको मन जित्न सफल भईरहेको छ । जन्म दिने आमा र आमाको माया लाई स्वर्ग र ईस्वारीय प्रेमसग तुलना गरी कैयौं साहित्य तथा चलचित्रहरु बनिरहँदा आफ्ना सन्तानलाई कर्म दिन,े साहारा दिने र आफु जल्दै भए पनि आफ्ना सन्तानको जीवनलाई उज्यालो छर्ने बुबाको महत्वलाई नजर अन्दाज गरिरहेको अवस्थामा लघु चलचित्र “बा” ले बुवाको त्याग र समर्पणलाई अनलाईन दर्शक विच युटुव च्यानल मार्फत प्रश्तुत गरेको छ ।

नाटककर्मी, संचारकर्मी तथा कलाकार “झापाली कान्छा” अभिशेकको लेखन तथा कुशल निर्देशनमा स्यमं “झापाली कान्छा” अभिशेक सहित बिमल काफ्ले, फुर्वा शेर्पा, सोनिया कटुवाल आदिको मुख्या भुमिका रहेको यस लघु चलचित्रको छाँयाङ्कन तथा सम्पादन सुवास लिम्बुले गरेका छन। ।

यस लघु चलचित्रमा डि. आर. शर्माको शव्द रचना र युवराज पोर्तेलको गायन तथा संगीत रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend