logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रामेछापमा आज ४८ जनाको स्वाब लिएको छ।


  • जन आकाश
  • बुधबार, भाद्र १० २०७७

 



रामेछाप ।रामेछाप जिल्लामा बुधबार अर्थात आज पिसिआर परीक्षणका लागी ४८ जनाका स्वाब संकलन गरिएको छ । आज स्वाब संकलन गरिएकाहरु लिखु तामाकोशी गाउँपालिकका ४० जना , दोरम्बा गाउँपालिकाका ६ जना , जिल्ला अस्पतालका १ जना र मन्थली नगरपालिकाका १ जना रहेका छन । अहिलेसम्म जिल्लाका एक हजार १ सय २५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये अब १ सय ९ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३१ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

जिल्लामा हालसम्म ९ सय ८३ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ८० , तामाकोसी अस्पतालमा ४९ , मन्थली नगरपालिकामा ३ सय २६ , रामेछाप नगरपालिकामा १२० , उमाकुण्ड गाउँपालिकामा ६५, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ५७ जना गरी एक हजार एक सय १५ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्लाका १५ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म १५ जना क्वारेन्टिनमा रहेका छन । १ जना महिला र १४ जना पुरुष गरि १५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा ३ ,रामेछाप नगरपालिकामा ५ ,गोकुलगंगा गाउँपालिकामा १ र लिखुतामाकोशी गाउँपालिकामा ५ जना गरी जिल्लाभर १५ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड ,दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ४ बेडको आइसोलेशन कक्ष र ५ सय बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend