logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एन आई सी एशिया बैंकको क्यु. आर. रिफर एण्ड अर्न योजना


  • जन आकाश
  • बिहिबार, भाद्र ११ २०७७

काठमाण्डौँ



अतुलनीय तथा असिमित सुविधाहरू सहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत आफ्ना लाखौं ग्राहक महानुभावहरूमाझ गतिशिल बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न योजनाहरू ल्याउने क्रममा नयाँ मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यु. आर. रिफर एण्ड अर्न योजना’ योजना ल्याएको छ ।  बैंकका क्यु.आर.मर्चेन्ट तथा ग्राहकहरूले २०७७ भाद्र र आश्विन महिनाभर उक्त योजनामा सहभागी जनाउन सक्नेछन् ।  योजनामा बैंकसँग रहनुभएका क्यु.आर.मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यु.आर.मर्चेन्ट रिफर गरी उक्त नयाँ क्यु.आर.मर्चेन्टले यस योजना अवधिमा बैंकमा चालु खाता खोलेर आबद्ध भएमा रिफर गर्ने मर्चेन्ट एवं ग्राहक महानुभावहरूलाई बैंकले प्रति रिफर मर्चेन्ट रू. ७५० खुद रकम प्रदान गर्नेछन् । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ क्यु.आर.मर्चेन्ट रिफर गरी क्यु.आर. मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही रू. ५० हजार रकम प्रदान गरिने समेत बैँकका निर्देशक बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend