logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आफैले रचना गरेको गितमा बामदेबको अभिनय

गौतमका गितहरु रास्टवादी भावनाले ओतप्रोत रहेको सङितकारको भनाइ


  • जन आकाश
  • शनिबार, भाद्र १३ २०७७



पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले  पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उहाँ ले अभिनय गर्नुभएको हो । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको हो ।

राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिनुभएको छ । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिच्नुभएको हो ।  जीवन थापाले सम्पादन गर्नुभेको  छ ।

गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ ।  सार्वजनिक भएका र हुन बाँकी उहाका रचनाहरु संग्रहित छन् । प्राय गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक सामाजिक, राजनितीक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

लेखकको गीत लेख्ने सौख पुरानै हो । उहाले नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिनुभएको थियो । तर, उहाको गीत छनोटमा परेन । छन्द कविता र गीति लेखनमा आफ्नो जीवनको प्रारम्भिक अवस्थादेखि नै रुचि रहेको लेखकले बताउदै आउनुभएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend