जन आकाश
नेपालमा कोरोनाको महामारी नियन्त्रणको निम्ति सरकारले लगाएको लकडाउनका कारण ब्यवसायहरु प्राय ठप्प छन् । ब्यवसायीहरुको अप्ठ्यारो निक्कै छ । यस्तो अप्ठ्रो स्थितिमा पनि ब्यवसायीहरुले ग्रहकहरुलाई सेवा दिईरहेका छन् त्यो काम प्रशंसनीय काम हो ।
त्यस्तै काम रामेछाप नगर उधोग बाणिज्य संघ रामेछापले गरिरहेको छ । त्यही रामेछाप नगर उधोग बाणिज्य संघका बर्तवान अध्यक्ष शम्भु श्रेष्ठसँग हामीले रामेछाप नगर उधोग संघले गरिहेको कामको वारेमा कुराकानी गरेका छौ । प्रस्तुत छ उहासँगको कुराकानी
लकडाउन शुरु भएदेखि ब्यवसायको अवस्था कस्तो अवस्थामा चलाईराख्नु भएको छ ?
धन्यवाद मेरो बिचारहरु राख्न दिनुभएकोमा,
बिश्वमा आताङको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) सन. २०१९ डिसेम्वर ३१ मा चिनको बुवानवाट शुरु भएकोमा नेपालमा समेत त्यसको प्रकोप आएर २०७६ चैत्र ११ गतेदेखि बन्दाबन्दी शुरु भएपश्चात दैनिक जीवन यापनमा प्रतिकुल प्रभाव परेको छ ।
मानिसहरु दैनिका ज्याला मजदुरी गरी जीवन यापन गरिरहेको अवस्थामा सवै खालका कलकारखाना, उधोग धन्दा, निर्माण कार्य ठप्प हुदा प्रत्यक्ष रुपमा ब्यापार – ब्यवसाय गर्नेहरु मारमा परेका छन् । दैनिक आम्दानी छैन । उधारो लगेको तिर्ने त परैजाओस् आज खाने खरिद गर्ने पैशा छैन क्रेतासँग । यसरी लकडाउन तथा निषेधज्ञाले हामी ब्यवसायीहरु घरभाडा कसरी तिर्ने, ऋणको ब्याज कहावाट ल्याएर तिर्ने, घरधन्दा कसरी चलाउने ठुलो समस्यामा परेका अवस्थामा छौ ।
यो ठुलो समस्या हुदाहुदै पनि यो संकटको समयमा हामी रामेछाप नगर उधोग बाणिज्य संघले मानवीय हित पहिलो ठानेर सम्भव भएजतिका सवै खालका संयन्त्र प्रयोग गरी ग्रहकहरुको सेवालाई पहिलो प्रथामिकता दिएका छौ ।
जस्तै नगरभित्रका ब्यवसायीहरुको लागि के के काम भएका छन् र ग्रहकको लागि कुन महत्पुर्ण काम भएको छ ?
१ ब्यवसायीहरुलाई सचेतना जगाउने
२ भौतिक दुरी कायम गरी ब्यवसाय सञ्चालन गर्न स्यानिटाईजर, मास्क, ह्यान ग्लोब प्रयोग गरी सामाजिक दुरी कायम गरि ग्रहकलाई सेवा दिइरहेका छौ ।
३ नगर भित्रको हकमा अवस्था हेरेर निक्कै बिपन्न परिवार जो प्रमाणित भएमा त्यस्ता बर्गहरुलाई रामेछाप नगर उधोग बाणिज्य संघले मानवीय बचाउ अभियाँनलाई सहयोग गर्ने काम गर्नेछ ।
रामेछाप नगरपालिका र नगर उधोग बाणिज्य संघबीच कस्ता खालका सहमति हुने गरेका छन् ?
सक्रमण रोकथामका औजार जस्तैः पञ्जा, माक्स, स्यानिटाइजर प्रयोग गरी राज्यले तोकेको समयसम्म उचित मुल्यमा ति सर सामानहरु ब्यवसायीहरुले बिक्री बितरण गर्ने सहमति भएको छ ।
अर्को नगरभित्र संञ्चालनमा रहेका ब्यवसाय र नगपालिका बीचमा उधोग, ब्यपार , ब्यवसाय सञ्चालन गर्न दुबै पक्षको सहमति भएअनुसार नगरपालिकाले ब्यवसायीहरुलाई सहजीकरण गर्ने सहमति भएको छ । यो अत्यन्तै राम्रो पक्ष हो ।
त्यो २०७२ को महाभुकम्प, भारतको नाकाबन्दी र अहिलेको कोरोना महामारीको संकटको घटनापछि ब्यवसायीहरुले आउदा दिनमा के तयारी गर्नुपर्ने रहेछ भन्ने पाठ पाउनु भयो ?
अपरझट आईपर्ने महामारी, प्रकृतिक प्रकोप, हाम्रो देश भुपरिवेष्ठित राष्ट्र भएको कारण कतिखेर के आईपर्छ भन्ने एकिन हुन सक्दैन । त्यसकारण समयमा नै सचेत हुनुपर्छ भन्ने पाठ सिक्यौ ।
जस्तै, कमाइको केही रकम सञ्चित गरि राख्ने, आधारभुत आवश्यताका सामानहरु भण्डारण गरी राख्ने, आधारभुत आवश्यकताका सामानहरु स्टक राख्नुको साथसाथै स्थानीय रुपमा पनि आत्मनिर्भरमुखि उत्पादन गर्नुपर्ने जस्ता आदी इत्यादी गर्नुपर्ने धेरै कामकोे सोच बनाएका छौं ।
रामेछाप बजारमा परापुर्वकालदेखि लाग्दै आएको ऐतिहाँसिक हाट बजार बन्द छ । यसको बारेमा तपाईको धारणा के छ ?
रामेछापको विहिवार लाग्ने हाट बजार परापुर्वकाल देखि नै स्थानीय स्तरको सामान बिक्री बितरण गर्ने स्थानको रुपमा परिचित ठाउँ हो । यो कोरोना संक्रमण रोकथामको लागि बन्द छ । महामारी नियन्त्रण भएपछि निरन्तर हुन्छ यसमा कुनै दुविधा छैन । आशा गरौ कोरोनाको संक्रमण चाडै नियन्त्रण होस ।
गाउँका किसानको तरकारी बारीमा कुहिन्छ तर भारतीय तरकारी याहाँ आईपुग्छ यसको बिकल्पमा तपाईको सोचाई के छ ?
किसानको तरकारी अन्यत्र ठाउँमा कुहिएको होला तर रामेछापमा छैन । कृषकले पाउनुपर्ने मुल्य नपाएको हुन सक्छ । किसानको तरकारी खेर नजानको लागि नगरपालिका र रामेछाप नगर उधोग बाणिज्य संघ ब्चि छलफल भई हरेक दिन बिहान ६ बजे देखि १० बजेसम्म सामाजिक दुरी कायम गरी बिक्री बितरण गर्न पाउने ब्यवस्था मिलाइएको छ र सो अनुसार चलिरहेको छ ।
भारतीय तरकारीको सन्दर्भमा नेपालकै तराई क्षेत्रवाट महामारी पहिला पनि आउथ्यो र हाल पनि आइनै रहेको छ ।
अन्तमा ब्यवसायी आम ग्रहकवर्गहरुलाई के भन्न चाहानुहुन्छ ?
यो संकटको घढीमा सवै मिलेर संकटको सावधानमा लागौ । सचेत रहौ । सजग रहौ । ब्यवसायी मित्रहरुले धैर्य गरौ जुकसुकै काम आशा र बिश्वासले पुरा गरिन्छ । आउदा दिनहरु छन् ति दिनहरुको आशा गरेर भएपनि हामीले गर्नुपर्ने दाईत्वहरु नर्बिसौ भन्न चाहान्छु ।
त्यस्तै ग्रहक बर्गहरुको लागि आवश्यक काम भन्दा बाहिर ननिस्कौ एकले अर्कोलाई सकेको सहयोग गरौ । संकट वेला सवै मिल्नुको बिकल्प हुदैन । सवै मिलेर अहिलेको संकटलाई परास्त गरौ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend