logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भोकमारीको बिकल्प खोजौ 


  • जन आकाश
  • सोमबार, भाद्र १५ २०७७

कोभिड १९ अर्थात कोरोनाको महामारी शुरु भएसँगै ओरालो लाग्न थालेको नेपालको अर्थतन्त्र संकटको भुमरीमा फस्दै गएको छ । शहरमा रहेका मजदुर, ज्यामी, सामान्य जीविकोपार्जन गर्न समेत धौ धौ को स्थितिमा पुगेका छन् ।



त्यसैगरी स–सना ब्यवसाय गदै आएका शहरका वा गाउँका मानिसहरुमा पनि आर्थिक अभाव बढ्दै गएको छ । राम्रै ब्यवसाय चलाएका ब्यवसायीहरुसमेत यतिवेला ब्यवसाय धारासायी हुदा अन्यौल र चिन्तित हुन थालेका छन् । धेरै भन्दा धेरै मजदुरले रोजगार गुमाएका छन् । रोजगार गुमेपछिको आर्थिक अभावका कारण थुप्रै मानिसहरुले खाद्यन्न अभाव ब्यहोदै आएका छन् । जसो तसो त ४ महिना धानेका मानिसहरुको लागि भने आउदो दिनहरु खाद्यन्न अभाव भएर भोकले खान नपाएर मानिसहरु मर्लान भन्ने चिन्ता बढ्दो छ ।

बिभिन्न अवसरको खोजिमा शहर पसेका मानिसहरु अहिले गाउँघरमा गएका छन् । जसको गाउँमा पनि जग्गा जमिन भएकाहरुले त गएको लकडाउन समयमा नै आफ्नो जमिन खनजोत गरेर केही मात्रमा भएपनि आम्दानीको स्रोत बनाएका छन् भने कतिपयको गाउँघरमा थोर थोरै जमिन भएको र गाउँमा पनि स्थाई बसोवास नहुदा घरहरु पुनः निर्माण गर्नुपर्ने अवस्था र अर्काको घरमा बसेर सहज अवस्था नभएकाहरुको लागि जिवन कष्टकर बन्दै गएको छ ।

त्यो भन्दा पनि समस्या धेरै परिवार हुने तर जग्गा जमिन थोरै हुनेहरुको लागि निक्कै अप्ठ्यारो स्थिति आइनै सकेको देखिन्छ । कोभिड १९ को संक्रमणकालीन अवस्थामा भोकमारीको पनि बिकल्प खोजिनुपर्छ । राहात सामग्री संकटको वेला क्षणिकका लागि मात्र हो । सधै मानिसहरुलाइ उत्पादनमुखी क्षेत्रमा प्रोत्साहन गरेर वा जुन पेशामा मानिस लाग्छन् त्यो पेशा सुरक्षित गर्ने गरी सरकारले प्याकेजमा बैकल्पिक कार्यक्रम ल्याउनुपर्छ । त्यसो गरियन भने मानिसहरु भोकमारीले मर्न सक्छन् ।

तिनमहिने लकडाउनमा पनि मजदुरहरु, ज्यामीहरु खानको अभावमा मृत्युवरण हुनु परेको घटनालाई पाठको रुपमा लिएर गाउँ समाज, स्थानीय सरकार, प्रदेश, संघले समयमा नै कार्यक्रम ल्याउनुपर्छ । यि बिकल्पहरु अपनाएर मानिसको बाच्न पाउने अधिकार सुरक्षित गर्नुपर्छ ।
हाल नेपालमा धेरै भन्दा धेरै मानिसहरु मानसिक रोगवाट ग्रसित छन् । अभाव तनाव जव मानिसहरुमा बढ्छ आत्महत्या जस्ता घटना घट्न सक्छन् त्यस्ता घट्न घट्न नदिन पनि बैकल्पिक कार्यक्रम ल्याउनु पर्छ अहिले मानिसहरुमा घुलमिल नहुने एकले अर्कोलाई परेको पीर, मर्का तत्कालै थाहा नहुने हुदा त्यस्ता ब्यक्तिहरुमा पर्ने समस्यालाई सम्वोधन हुने कार्यक्रम सरकारले नै ल्याउनुपर्छ किनकि यतिवेला यो संकटको सावधान सम्बन्धित निकायले नगरेमा अरुले त झनै गर्न सक्ने अवस्था छैन । तर जो जो सचेत नागरिकहरु छन् जो समाज, देशप्रति जतिखेर जहिले पनि उत्तरदायी हुन्छन् उनिहरुलाई आवाह्रन गर्नुपर्छ र ति देशभक्त नागरिकहरुको सहयोग लिन कार्यक्रम सरकारले ल्याउनुपर्छ यो संकटको महामारीवाट पार पाउन सवै नेपालीहरु एक हुनुपर्छ । भोकमारीको समस्या पनि सवै मिलेर सावधान गर्नुपर्छ मरेर लानु केही छैन । एकले अर्कोलाई सहयोग गर्ने नेपालीहरुको बानी रहेको छ । त्यो बानीलाई कायम राखौ संकटको पार सवै मिलेर बिकल्प खोज्न सक्छौ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend