जन आकाश
नेपालमा प्रजातन्त्र– गणतन्त्र सम्म आइपुग्दा पाहाड खोतल्ने मुसाहरुले पाहाडलाई दुखः दिए जस्तै नेपालका राजनीतिक नाम पार्टीका मुसाहरुले देशलाई सधै दुखः दिईरहेका छन् । त्यो चलन सात दशक चलिसक्यो र पनि पुरानै रबैयावाट नेपालका नेपालीहरुलाई भ्रमको जालो बुनेर कहिले प्रजातन्त्र कहिले गणतन्त्र कहिले के के तन्त्रको नाम दिदै हिमाल जस्तै अटल रहेको नेपालमा अस्तिरता मच्चाउन लालयित छन् ।
त्यो मुसारुपी चालचलनले नेपालका नदी नाला, भीर पाखा पखेराहरुमा समेत नोक्सान पु¥याईसकेका छन् । यो नेपाल र नेपालीहरुको लागि सुभ संकेत होईन । यस्ता मुसारुपी राजनीतिक पार्टीहरु देखि सावधान भएर सोच्नुपर्ने वेला आएको छ । नेपाल आफै स्वतन्त्र, सर्वभौमसत्ता सम्पन्न राष्ट्र हो । तर नेपालको सर्वभौमसत्तालाई खलबलाउन अन्तै कतैवाट सञ्चालित मुसारुपी राजनीतिक पार्टी नामधारीहरुलाई नेपालमा प्रवेश गराएर नेपालीहरुको अक्षुण्ण रहेका राष्ट्रिय सदभाव र राष्ट्रिय एकता मेलमिलापमा रहेका नेपालीहरुलाई छुद्र छुचुन्द्र जस्ता राजनीतिक नामधारी पार्टीका नेतृत्व गर्छु भन्ने र नेपालमा छुद्र छुचुन्द्र गरेर नेपाली र नेपाल देशलाई सात दशकको अन्र्तरालमा बिगतमा भएका नेपालका उधोग, कलकारखाना, खानी, नेपालीहरु सँग भएको सीप सवै निमिट्यान्न पारेर अन्तै कतैवाट अराएको निर्देशन पालना गर्ने मुुसाहरुको जमात दिन दिनानु दिन बढ्दै आएको छ । देख्दा राम्रो देखिने, भन्दा राम्रो कुरा भन्ने, लेख्दा पनि घोषणपत्रहरुमा राम्रो नै लेख्ने तर काम गर्दा चै अन्तैवाट अराएको खटाएको गर्ने र प्रजातन्त्रको नाममा, कोही गणतन्त्रको नाममा आर्दश र सिद्धान्तको खिल्ली उडाएर अन्तै कतैवाट दिएको रकम प्रयोग गरी निर्वाचन जस्तो पवित्र चलनलाई रणभुमि जस्तो बनाएर स्वतन्त्र नागरिकहरुको स्वतन्त्रता खोसेर बिदेशीको लागि काम गर्ने राजनीतिक पार्टीका नामधारी मुसाहरुले देशको लागि गरेको बिगार क्षम्य हुने खालका छैनन् । तै पनि नेपालीहरुले सहेर नै बसेका छन् । यो सात दशक भईसकेको छ ।
त्यो छुद्र छुचुन्द्रो बन्न प्रतिस्पर्धामा धेरैजति मानिसहरु जानेर वा नजानेर प्रवेश गरी नेपालको स्वतन्त्र सर्वभौम राष्ट्रलाई समेत आखा चिम्लन सक्ने बनाईसकेको अवस्थाले छुद्र छुचुन्द्राहरुको जमातले नेपालको राष्ट्रिय अस्तित्व नै धरापमा पार्ने हुनकी भन्ने चिन्ता सर्वत्र हुन थालेको छ । हुनत छुद्र छुचुन्द्राहरुले कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली समझौता गरि नै सकेका छन् । भएका नेपालका उधोग नीजिकरण गरेर राष्ट्रिय उधोगहरु बन्द गराई नै सकेका छन् । नेपालीहरु सँग भएको सीपलाई निरासा भर्ने वातावरण बनाएर सीप भएका नेपालीहरुलाई बिदेश जान बाध्य बनाई नै सकेका छन् । नेपालमा नै कृषि पेशा गरेर नेपाल मै बसेर स्वतन्त्र नागरिकको परिचय दिन्छु र राष्ट्रको लागि सेवा गर्छु भन्ने नागरिकहरुलाई समेत निरुत्साहित गरेर देश धुजा धुजा पार्ने मुसा रुपी राजनीतिक पार्टीहरुले समग्र देशको उन्नति गर्न अप्ठ्यारो पारेका छन् ।
देशमा स्थाईत्व हुन नदिने अरु कुनै कारणहरु छैनन् छन भने त्यो राजनीतिक मुसाहरु वाहेक नेपालको साशन सत्ता फेरवदल अरुले गरेका होईनन् त्यसैले सदियौ देखि मिलेर बसेका देशका हिमाल, पाहाड तराईका नागरिकहरुलाई नानाथरी कान भर्ने काम गर्ने र खोतल्ने, चिर्थर्ने, राजनीतिक पार्टीका मुसाहरुले हो । तिनिहरुको गलत नीति निर्देशन र सस्कारले नेपालमा आफ्रनै राष्ट्रिय झण्डा समेत जलाउने कुचेष्टा गरेका छन् । त्यो बिद्रोहको वेला सिकाईएको गलत प्रभाव आज देखिदै छ । नेपालमा जति बिद्रोह भएका छन् नेपाललाई नोक्सान पु¥याउन अरु नै कसैले अराएको काम गर्नेलाई नेपालमा क्रान्त्रिकारी भनिदो रहेछ । बिगतमा भारतमा प्रजातन्त्रको लागि भनेर सिकाएर पठाइएका राजनीतिक मुसाहरु सरकारमा पुगेर नेपाल बिरुद्ध नेपाल बिरोधि गरेको काम गणतन्त्रको लागि भनेर गरिएको क्रान्त्रिको नाममा सोजासाजा नेपाल आमाका छोराछोरीको भएको हत्या र ति नेपालका छोराछोरी मार्न भारतले नै दिएको हात हत्तियार प्रशिक्षण त्यसपछि शान्ति प्रकृयाको नाटक गरेर ल्याएको आठ गठबन्धनको काम हेर्दा यि सवै राजनीतिक नामधारी मुसाहरु हुन् जसले सधै किसानहरुलाई, मजदुरहरुलार्ई दुखः दिईरहन्छन् त्यो मात्र नभएर नेपाल देशलाई दुखः दिने मुसाहरु देखि सावधान हुनुपर्ने वेला आएको छ ।
अहिले नेपालमा पुनः अस्थिरता मच्चाउन केही मुसाहरुको प्रयोग हुल थालिसकेको छ । यस्ता बिषयमा नेपालमा अस्थिरता हुदा देशलाई कति घाटा हुन्छ भन्ने बिषय आम नागरिकले बुझ्न जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend