जन आकाश
नेपाल राष्ट्र तेत्तिस कोटी देवताहरुको बास भएको मुलुक हो । जाहा हजारौ हजार बर्ष अगाडी देखिका परम्परा संस्कृति नेपालका नेपालीहरुले मान्दै आएका छन् । ति पर्वहरुले नेपलीहरुलाई जोड्दै आएको इतिहाँस छ । ति पर्वहरु जहिले पनि बर्षको तिथि मिति हरुमा तोकेकै समयमा गर्ने गरेको पाईन्छ । यो नेपालीहरुको नियमित कर्म हो ।
तर यो बर्ष कोरोना अर्थात कोभिड– १९ को सक्रमणको हल्लाले देशै सुतेको बेला ललितपुर जिल्लाका संस्कृति बिद र धर्ममा आस्था राख्ने नेपालीहरुले सत्यताको पुजा गर्दा कोरोना जस्तो महामारी समेत मोचन हुने भनेर सुभ साईतमा नै रातो मक्षिन्द्रनाथको रथ बिभिन्न देवलयहरु दर्शन गराएर बुङमति पु¥याईसक्नुपर्ने तर्क गरेर रथलाई यात्रा शुरु गरेका थिए । त्यो रथ तान्न बोक्न लाग्ने मानिसहरुको समुह,पुजारीहरु र धर्मात्माहरुको भीड नेपाल सरकारले लगाएको निषेधज्ञाको बिरुद्धमा भएको भनेर नेपालको सुरक्षा निकायले रोक्न खोज्दा आक्रोशित भीडले सुरक्षाकर्मीहरु माथि नै अक्रमण गर्दा थुप्रै सुरक्षाकर्मीहरु घाईते हुन पुगेका छन् । यो दुखःद घटना हो । त्यो घटना सुरक्षाकर्मीहरुको असावधानीकै कारण भएको भन्न सकिने खालको देखिन्थ्यो ।
नागरिकको उपस्थिति अत्याधिक भएको क्षेत्रमा बिना माईकिङ बिना सन्देश एक्काशि सुरक्षा फौज परिचालन गरेर युद्ध भुमिमा बिरोधि पक्षलाई आक्रमण गरे जसरी जाईलाग्नु जस्ता कारणहरुले धर्ममा आस्था राख्ने सवै धर्मात्माहरु आक्रोशित भई आक्रमणमा उत्रिनु स्वभाविक हो । नागरिकका लागि प्रहरी कि प्रहरीका लागि नागरिक याहा भन्न खोजिएको कुरा दुबै महत्वपुर्ण छ । प्रहरीका लागि नागरिक महत्वपुर्ण छ । त्यसैगरी नागरिकका लागि पनि प्रहरी त्यतिकै महत्वपुर्ण छ । यो हुदाहुदै पनि कहिलेकाही जिम्मेवार निकायले समयमा ध्यान नदिदा सोचेभन्दा फरक खालका घटनाहरु भईदिन्छन् । ललितपुर घटना पनि त्यस्तै भएको मान्न सकिने आधार बनेको छ । भलै सुरक्षा निकायले समयमा आफ्ना तरिकाहरु सगाल्न सक्यो र अपृय घटना हुन दिएन यो राम्रो पक्ष हो । जुन प्रहरी प्रशासन प्रति नागरिकहरुको बिश्वासको बातावरण बन्नु प¥थ्यो त्यो बनाउन नसक्दा र त्यसरी धर्ममा आस्था राख्ने नागरिकहरुलाई आक्रोशित बन्ने बातावरण नै बन्न दिनु हुदैन थ्यो ।
त्यो गरेको देखिएन आउदा दिनमा यस्ता फरक खालका नयाँ घटनाहरु घटन सक्ने अनुभवलाई नेपाल प्रहरी र सुरक्षा निकायहरुले पाठको रुपमा लिन जरुरी छ । निषेधज्ञाको समयमा यस्तो घटना घटला र मानिसहरु यतिधेरै उपस्थिति होलान भन्ने आकलन प्रशासनले नगरेको पनि हुन सक्छ । संसारमा धर्मको आस्थाले लैस मानिसहरु निक्कै अनुसाशित हुन्छन् । अरुको भलो चिताउने हुन्छन् । हाम्रो नेपालका हिन्दु संस्कार र बुद्धिष्टहरु पनि अत्यन्तै अनुसाशित छन् । तथापी कहिले काही समय र परिस्थिति हेरेर केही मानिसहरुले अर्को मौका खोजेका हुन्छन् । जस्तै राजनीति रणनीति पनि हुनसक्छ । धर्मभित्र छिरेर गर्ने उपद्रोले ति अनुसाशित समुदायमा पनि असर पुग्छ । पाटनमा अलि अलि त्यो पनि भएको देखियो । जसले धर्मभित्र छिरेर राजनीति गर्न खोजेका हुन् । त्यो राम्रो पक्ष होईन । तर जे जे भएपनि नेपालीहरु दुखः सुखःमा सवै एक हुन्छन् । नेपाली संस्कृति जोगाउन कुन नेपालीलाई मन हुदैन । त्यो दुखःद घटना भएपनि अहिले ब्यवस्थित गरेर रथ यात्रा शुचारु भएको छ । रातो मक्षिन्द्रनाथको रथ बुङमतिमा पुगेपछि सवै खालका दुखः अप्ठ्यारा मोचन हुने बिश्वास छ । नेपाली संस्कृति जोगाउन सवै एक भएर लागौ । कोरोना भगाऔ कोरोना देखि कोही पनि नडराऔ । सजग र सर्तक भने अपनाऔ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend