logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“हायुहरुको संरक्षणको लागि हायु एकता समाज स्थापना भएको हो” अध्यक्ष धन बहादुर हायु


  • जन आकाश
  • बिहिबार, भाद्र २५ २०७७

 



हायु एकता समाजका अध्यक्ष धन बहादुर हायु
नेपालको नौ वटा लोपउन्मुख जातिमध्य हायु जाति त्यसै भित्र पर्दछ । हायुजातिको मुख्य थलो रामेछापको मुडाजोर हो । अन्य ठाउँहरुमा मुडाजोरवाट बसाई सराई गरी रामेछापकै वादी, बिर्ता मुगान, हुदील लगायत गाउँहरुमा पुगेको र हाल रामेछापकै छिमेकी जिल्ला सिन्धुलीमा पनि रहेका छन् । त्यसैगरी उदयपुर, सर्लाही, महोत्तरी,केही केही घर धुरी रहेका छन् भने काभ्रेमा बसाई सराई गएर एक धुरी बसेको हायु एकता समाजले दिएको आकडा छ ।
नेपालमा हायु जाति कसरी लोपउन्मुख भयो ? यसको यर्थाथ केहो ? यसको उत्पति काहावाट ? यस जातिका बिशेषताहरु के के छन ? र संक्षणको लागि के के काम भईरहेका छन् । यिनै बिषयमा जन आकाश मिडियाले थालेको खोजि अभियाँनको यो श्रृखलामा हायु एकता समाजका अध्यक्ष धन बहादुर हायुसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौ ।

याहालाई जन आकाश मिडियाँमा स्वागत छ ?
धन्यवाद ।
हायु एकता समाजको अध्यक्ष हुनुहुन्छ हायु जातिको वारेमा बताईदिनुस न ?
नेपलमा नौ वटा लोपउन्मुख जाति रहेका छन् । ति नौ वटा जातिहरुलाई नेपाल सरकारले समेत सुचिकृत गरेको छ । त्यसै भित्र हाम्रो हायु समुदाय पनि पर्छ । हायुहरुको हालको जनसंख्या २९२९ रहेको छ । हायु जाति परापुर्व कालदेखि नेपालको रामेछाप जिल्लाको पनि मुडाजोर क्षेत्रलाई केन्द्र बनाएर आफ्नो राज्य संञ्चलन गरेर बसेको इतिहाँस पाईन्छ । त्यतिवेला देखि नै हायुहरुको आफ्नै भेष, भुषा, भाषा, संस्कृति रहेको थियो । त्यतिवेलाका मुख्तियारी अर्थात मुख्य पुजारीलाई हायुको भाषामा (फोजो)े भनिन्छ । तिनैको सन्तान हामी हायुहरु रहेका छौ ।
हायुहरुले बिशेष गरेर चण्डीपुजा गर्ने र्गछौ त्यो माघ वा फागुनको शुक्ल पुर्णिमा पारेर गरिन्छ । त्यो समयमा नाता, कुटुम्ब, अफन्तजन भेटघाट गरेर खुशी साटसाट गर्ने गरेका छौ ।

तपाईले राज्य नै संञ्चाल गरेको भन्ने कुरा गर्नुभयो यतिको ओज भएको जाति लोपउन्मुख कसरी भयो । बताई दिनुस न ?
अत्यन्तै राम्रो प्रश्न गर्नुभयो । हाम्रो जातिपनि बिशेष गरेर पुजा आज गरेर प्रकृति पुजक भएको र रामेछापको कोशी आसपासमा बसोबास गर्नेगरेको इतिहाँसले देखाउछ । मल्लकालीन साशनकालमा दोलखाको जिरीमा जिरेल, सुरीमा सुरेलहरु र रामेछापको कोशी आसपासमा हायुको राज्य थियो रे ति राजाहरुलाई आक्रमण गदै मादै आउने क्रममा हायुका मुख्य पुजारी अर्थात मुख्तियारी (फोजो) लाई पनि मल्लकालीन सेनाहरुले राज्य हड्प्ने क्रममा मार्न खोज्दा भाग्दै ज्यान जोगाउन मुडाजोरमा रहेको महाकाली देवीको मन्दिर जसलाई हायु भाषामा (उप्छिमी रानीको मन्दिर) भनिन्छ पुगेर बसे त्यहा मल्लका सेनाले (फोजो)लाई मार्न काट्न खोज्दा खोडाको बिडमा खोडा नै भाषिएर अलप भएपछि त्यतिवेलाका मल्ल राजाले हायुलाई जागिर नदिनु भनि आदेश भएपछि त्यो लामो समयसम्म रहेको र हायु जातिहरुले सवै क्षेत्रमा अवसरवाट बञ्चित हुनुपर्दा धेरै जतिले थर परिवर्तन गरेर कोहीले भुजेल, कोहीले मगर लेखेर जागिर खाएका कारण हायु जाति कम हुदै लोपउन्मुख भएको रहेछ ।
तपाईलाई हायु समुदायको हकहितको काम गर्न प्रेरेणा काहावाट मिल्यो ?
मैले २०३४ सालमा याही रामेछापमा खुलेको नेपाली सेनामा जागिरे भई नेपालका बिभिन्न ठाउँमा रहेर २०५७ सालसम्म नेपाल देशको सेवा गर्ने अवसर पाए त्यतिवेला हायु जाति भनेको के हो भनेर ब्यारेक भित्र साथीहरुले भन्नु हुन्थ्यो कतिपयले त हायु भनेको बुझेनौ भन्दा राई भनेर समेत मैले परिचय दिनु पर्ने सम्म अवस्था आयो । भने यता समाजमा पनि हायु भनेको कसैलाई थाहा नै नभएको जातिको रुपमा भए जस्तो महसुस भईरहन्थ्यो त्यसले मलाई मनमा चोट परेको थियोे । २०५७ सालमा म आर्मीवाट हलदार पदवाट रिटायर्ड भए त्यही साल जेठ २ गते हायु एकता समाज संस्था दर्ता गरेर काम गर्न थालेको हो त्यतिवेला देखि मलाई साथीहरुले अध्यक्षको जिम्मेवारी दिईराख्नु भएको छ । मेरो मनमा परेको चोट र हायुहरुको संरक्षणको लागि हायु एकता समाज स्थापना भएको हो ।
संस्था स्थापना पछि के के महत्वपुर्ण काम भएका छन् बताईदिनुस न ?
पहिलो काम त हामीले हायु जाति के हो भन्ने परिचय दिन सफल भयौ । दोस्रो हायु जातिको जनसंख्या कति छ । कुन अवस्थामा छ भन्ने जानकारी सम्बन्धित निकायसँग थिएन त्यो काम भयो । हायु जातिको ईतिहाँस काही कतै प्रचार भएको थिएन त्यो प्रचारको काम पनि भएको छ । हायु पनि जनजाति भित्र पर्ने भएको कारण म जनजाति महासंघको परिषद सदस्य भई जनजाति महासंघले जनजाति प्रतिष्ठानलाई उपलब्द गराउने सुचिकृत योजनामा हायुहरुको पनि सुचिकृत भएको छ । जनजाति प्रतिष्ठान र स्थानीय निकाय यही रामेछाप नगरपालिकाले समेत हायु समुदायलाई तालिम लगायत प्रोत्साहन कार्यक्रम गदै आएको छ । यि महत्वपुर्ण काम संस्थाका उपलब्दि हुन् । नियमित रुपमा कार्यलय सञ्चलन गर्न सकेका छौ । हायुहरुको पनि कार्यलय छ भन्ने भएको छ ।
हाम्रै हायु एकता समाज संस्थाले वादीमा हायु संयुक्त मन्दिर, मुडाजोरमा हायु संयुक्त मन्दिर निर्माण गरेर हायु समुदायको एकतालाई जोड्ने काम पनि भएको छ ।
हामीले यो बीचमा पहिलो सम्मेलन रामेछापमा र दोस्रो सम्मेलन सिन्धुलीमा गरेका थियौ त्यस सम्मेलनमा जनजाति महासंघका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
हामीले हायुको संस्कृतिको बारेमा प्रचार प्रसार गर्न सत्यताको उजागर गर्न चाहदा चाहदै पनि हाम्रो कुलले नसहेको देखिन्छ । हाम्रो राष्ट्रिय सम्मेलनमा ढोलक सहित बाजा गाजा बजाएर कार्यक्रम गरेका थियौ । त्यो ढोलक बजाउने बाजकलाई नै अरिङगालले चिलेर मा¥यो । एकजना पत्रकार मित्रले सम्मेलनको कार्यक्रम खिच्न आउनु भएको थियो । चिया खाने क्रममा क्यामरा नै छिनभरमै हरायो । यस्ता घटनाहरु घटन थालेपछि कुलभित्रको भित्री प्रचारको काम हामीले गर्न सकेका छैनौ । प्र¥याश भने गरिराखेका छौ ।
हामीले हायु समुदायको जानकारीको लागि प्रज्ञा प्रतिष्ठानको सहयोगमा पुस्तक प्रकाशन गदै छौ लकडाउनका कारण अलि ढिला भईरहेको छ ।
क्रमशः कामहरु गदै गईरहेका छौ ।
संस्थामा पदाधिकारीहरु पनि हुनुहुन्छ होला उहाहरु छलफलमा आउदा कस्ता योजनाहरु ल्याउनु हुन्छ ?
सवैजनाको एउटै कुरा बिद्यार्थीहरुलाई योग्य बनाउनु पर्छ शिक्षामा जोड दिनुपर्छ भन्नुहुन्छ ।
सरकारले लोपउन्मुख जाति र पिछडा वर्गहरुलाई मार्षिक भत्ता पनि दिदै आएको छ । यो भत्ताको कार्यक्रमले हायुको संरक्षण हुन कतिको भुमिका रहला ?
सरकारले गरेको काम त राम्रो हो । तर अहिले पहिलाको जस्तो लुकेर बच्चा जन्माउने जमाना होईन शहरमा देखाएर जन्माउने जमाना हो । जसले बढीमा दुईजना सन्तान जन्माउने चलन सवैमा बसिसक्यो । एउटा पक्ष यो हो भने अर्को हाम्रो हायुहरुको बढ्दोमा होइन घटदोमा छ । हायुमा कोही कुनै जाति थपिदैन । तर हायु चै अर्को जातिमा थपिन जान तयार भइ नै रहेको छ । यसले गर्दा पनि समस्या छ । जो पढे लेखेका दक्ष भए भने हायु लेख्न छोडेर अरु नै लेख्न थाल्छन् । यो हाम्रो समस्याको रुपमा देखिएको छ ।
अन्तमा के भन्न चाहानुहुन्छ ?
नेपालका लोपउन्मुख भईसकेका धर्म, संस्कृति, भाषा,जातिको संक्षण नेपाल सरकारले गर्नुपर्छ । त्यतिकै मात्रमा स्थानीयको सरकारको पनि भुमिका रहनुपर्छ । अर्को हायु समुदायमा मेरो अनुरोध के छ भने आफ्नो खुट्टामा उभिन सक्नुपर्छ आफ्नो खुट्टामा उभिन सकेन भने मान्छे लड्छ भन्ने सुझाव पनि तपाई मार्फत भन्न चाहान्छु ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend