logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

बिशाल भारत कसरी  विभाजन भयो ?

हेर्नुस् पुर्ण पाठ


  • जन आकाश
  • आइतबार, भाद्र २८ २०७७

शान्तिदिप रेग्मी ।



मुलतः अङ्ग्रेजहरुको कारण र  भारत धार्मिक आधारमा भारतको विभाजन भएको थियो, जस्तो कि यो १९०९ को नक्शामा देखाइएको छ।
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा हिन्दु र मुश्लिमको बिच हिंसा उत्पन्न भयो।

त्यस हिंसामा लगभग १२.५ करोड मानिसहरू  घर विहीन भए र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भए  यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७ को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रो गरी बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटपट रहदै आएको छ।

यस विभाजनमा बड्गालको भौगोलिक विभाजन भएको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइएको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरी पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाब र इस्लामाबाद राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणा र हिमाचल प्रदेश वनायो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरिएको थियो।

दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
एसियाका देशहरूले यो घटना पढेर हेरेर देशभित्र हुने द्वन्द्वहरु केवाट प्रेरित छन् भनेर अध्यन गर्न जरुरी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend