जन आकाश
एजेन्सीः विश्व नम्बर ३ अष्ट्रियाका डोमिनिक थिएमले युएस ओपन ग्राण्ड स्लामको उपाधि जितेका छन् ।
पुरुष सिङ्गल्सको फाईनलमा थिएमले जर्मनीका एलेक्जेन्डर भेरेभबिरुद्धको खेलमा पुनरागमन गर्दै फाईनलको उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन ।
पहिलो सेटमा २–६ र दोस्रो सेटमा ४–६ को हार खेपेका थिमले त्यसपछिका ३ वटै सेट जित्दै उपाधि उचाल्न सफल भएका हुन् ।
उनी ७१ बर्षपछि पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् ।
यस अघि १९४९ मा अमेरिकाका पन्चो गोन्जालेसले पहिलो २ सेट गुमाएर युएस ओपन उपाधि जितेका थिए ।
रोमाञ्चक बनेको फाइनलमा उनले भरेभलाई २–६,४–६, ६–४, ६–३ र ७–६ हराएका हुन् ।
योसंगै थिम युएस ओपन सिङ्गल्सको उपाधि जित्ने पहिलो अष्ट्रियाका खेलाडी बनेका छन् ।
थिमले सेमिफाइनलमा रूसका डेनियल मेदभेदेभलाई हराएका थिए भने भेरेभले स्पेनका पाब्लो कारिनो बुस्टालाई हराउदै फाइनल प्रवेश गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend