logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मिडियाको नामका दुस्प्रचार नगर्न आग्रह ,”सन्जय दुवाडी “


  • जन आकाश
  • मंगलबार, भाद्र ३० २०७७

मिडियाको नामका दुस्प्रचार नगर्न आग्रह ,”सन्जय दुवाडी ”



अहिले सामाजिक सन्जालहरुमा बिधुत  प्रधिकरणको विषयमा आएका टिकाटिप्प्नीहरुको  बारेमा नलेखु भन्दापनी सत्य मर्ने, नकारात्मक बिचार र अफवाह फैलाउने हरुले प्रसय पाउने ठानेर केही बिचार ब्यात्त गर्न बाध्य भएको छु।
तपाईंको त्यो लोकप्रिय सञ्चार माध्यमवाट मेरा बिचार प्रचार गरिदिनुहुन अनुरोध छ।

गोकर्ण बिष्ट उर्जामन्त्री भएदेखि सहि ट्र्याकमा आएको उर्जा क्षेत्र, जनार्दन शर्माको निरन्तरता , कुलमान घिसिङ नेपाल बिद्युत प्राधिकरणमा आगमान र सम्माननिय प्रधानमन्त्री केपि ओलि अघिल्लो पटक प्रधानमन्त्री हुदा अबको २ बर्षमा नेपाल पुर्ण लोडसेडिङ मुक्त घोषणा गर्दै त्यही अनुसार काम गर्न निर्देशन दिनु भएको कुरा हामिले बिर्सनु हुदैन यिनै समय नेपालको उर्जा क्षेत्रको महत्त्वपूर्ण युग मान्न सकिन्छ।

प्रधानमन्त्रीको निर्देश, प्राधिकरणको( कुलमान घिसिङको) कार्य कुशलताले नेपालमा लोडसेडिङ मुक्त भयो, बिद्युत प्राधिकरणमा कुलमानले महत्त्वपूर्ण सिस्टम बसाल्नु भएको छ।प्राधिकरणमा कुलमानको नेतृत्व भए वा नभए पनि अब नेपालमा लोडसेडिङ हुदैन केही समयमै बिद्युत निर्यात गर्न सकिन्छ।

तर नेपालको केही मिडिया हु भन्नेहरुले पत्रकारिताको धर्मभन्दा बाहिर गएर   सम्माननिय प्रधानमन्त्री के पि ओलिलाई कुलमान बिरोधि भनेर जुन गलत प्रचार गरिरहेको छन् यो सरासर गलत कुरा हो। त्यसैले कसैको बिधाइ वा आगमनमा जयजयकार, अथवा धिक्कार गर्नु पर्दैन स्थायी कर्मचारीको नियुक्ति मुल्यांकन कार्यक्षमताको आधारमा सिस्टममा हुने ब्यवस्था हुन्छ । यति कुरा र सिस्टम नबुझ्नेहरुले के समाचार लेख्छन् भन्ने प्रष्ट हुन्छ । त्यसैले सबैमा मेरो आग्रह छ । कुलमान जस्तै अर्को कुशल कुलमान पनि जन्मन सक्छ सकारात्मक सोचौ।

लेखकको निजि बिचारलाई स्थान दिएका छौ। सम्पादक ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend