logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

काठमाडौँ रामेछाप बिजुली बस सन्चालनम


  • जन आकाश
  • शुक्रबार, असोज २ २०७७

काठमाडौ ।



बिजुलीबाट चल्ने लामो दूरीको मिनिबस सेवा शुक्रबारबाट सञ्चालनमा आएको छ । भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनीले पहिलोपटक लामो दूरीमा बिजुली बस सञ्चालनमा ल्याएको हो । काठमाडौँबाट रामेछाप जिल्लाको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालन गर्ने गरी आजबाट सेवाको सुरुवात भएको हो । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सेवाको सुरुवात गर्नुभएको हो ।

सेवा शुभारम्भ भएसँगै कोटेश्वरबाट आज दुईवटा बिजुली मिनी बस मन्थली आइपुगेका छन् । बीस सिट क्षमताका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट ल्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिक पावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयर ब्याग र फोल्डिङ सिट रहेका छन् ।

गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले आफ्नै देशमा उत्पादित बिजुलीको खपत बढाउन र आयातित इन्धन प्रतिस्थापनमा यी बसले योगदान पुर्याउने बताउनु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend