logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

“सवै पक्षहरुको सहयोग भएमा मात्र वडाको समृद्धि सम्भव छ” अध्यक्ष तामाङ

भीम बहादुर तामाङ ५ न. वडा अध्यक्ष रामेछाप नगरपालिका, रामेछाप


  • जन आकाश
  • आइतबार, असोज ४ २०७७

२०७२ मा नयाँ संविधान जारी भईसकेपछि ७५३ स्थानीय केन्द्रहरु बनेका छन् । ति केन्द्रहरु मध्यभित्रवाट पनि स्थानीय वडाहरु बिभाजन गरेर स्थानीयहरुलाई अधिकार दिईएको छ । ति वडाहरुमा सघर्ष, योगदान राजनीतिक आर्दश भन्दा बाहिरका मानिसहरु जस्तै ठेक्का पट्टामा भाग लिएका वा बिगतमा थर्काई, धम्काई समाजमा अनेक तरिकाले जर्वरजस्त आफ्नो नियन्त्रणमा राख्ने डन भनाउदाहरु देशका धेरै जति वडाहरुमा वडा अध्यक्ष मा पार्टीहरुले टिकट दिएर जिताएका छन् । यो निक्कै दुखः लाग्दो बिषय हो ।



तर त्यो भन्दा फरक सघर्षको मैदानवाट राजनीतिक यात्रा गरेका र मजदुर संगठनवाट जनताको सेवा गदै आएका भिम बहादुर तामाङको सघर्ष भने भिन्न खालको छ । होटल मजदुर संगठनवाट उनले काठमाडौको क्षेत्र न. ५ को एरिया सदस्यको रुपमा पार्टीको निर्देशनमा काम गरिरहेको अवस्थामा स्थानीय निर्वाचन हुने भएपछि काठमाडौको सुविधा सम्पन्न शहर छोडेर आफ्नो जन्मभुमि रामेछापको नगरपालिका वडा न. ५ को रामपुरमा आएर जनताको मन जित्न सफल भएका छन् । हाल रामेछाप नगरपालिका वडा न. ५ को अध्यक्ष रहेका भीम बहादुर तामाङसँग हाम्रा जन आकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीले यो अङकमा गर्नुभएको कुराकानी यस प्रकार रहेको छ ।.

भीम बहादुर तामाङ ५ न. वडा अध्यक्ष रामेछाप नगरपालिका, रामेछाप
स्वागत छ जनआकाश मिडियामा
धन्यवाद ।
हामी रामेछाप नगरपालिकाको स्थानीय निकायमा भएगरेका कामहरुको बारेमा कुरा गदै छौ । तपाई यस ५ नं वडाको अध्यक्ष भईसकेपछि गरेका कामको बारेमा बताईदिनुस न ?
म निर्वाचित हुनु भन्दा अगाडी यस वडामा बिभिन्न खालका चुनौतिहरु थिए बिशेष गरेर खानेपानी, बिधुत, सडकको पहुच पुगिसकेको अवस्था थिएन । हामीले यिनै तिनवटा बिषयलाई प्रथामिकता दिएर काम शुुरु ग¥यौ काम शुरु गरेको दुई बर्ष भित्रमा सवै घर धुरीमा बिधुतियकरण गरिसकेका छौ । कोही पनि हाम्रो वडामा बिधुत बाल्नवाट बन्चित छैनौ । खानेपानीको समस्या पनि असाध्यै गारो थियो । बिशेष गरेर २०७२ सालको भुकम्प पछि भएका मुहानहरु पनि सुकेर दुई तिन घण्टाको बाटो हिडेर त्यो पनि पालैपालो कुरेर पानी ल्याई खानुपर्ने अवस्था थियो । त्यो समस्यालाई हामीले रेडक्रस सोसाईटीको सहकार्यमा आईतवारे लिफ्ट खानेपानी, बालकन्या लिफ्ट खानेपानी, कञ्चन लिफ्ट खानेपानी,निर्र्मल लिफ्ट खानेपानी, छरछरे लिफ्ट खानेपानी, लगायत पाँचवटा खानेपानी योजनाहरु सम्पन्न गरेर ८५ प्रतिशत खानेपानीको समस्या हल गरिसकेका छौ । २०७२ सालको भुकम्पले क्षति पु¥याएका क्षेत्रहरुमा आवास निर्माण गर्न सामान धुवानी गर्न सडक राम्रो नहुदा समस्या भोग्नुपरेका थुप्रै ठाउँहरु थिए ति टोल गाउँ बस्तिहरुमा सडक पु¥याई सकेका छौ । केही ठुला सडक जुन सडकहरु अन्तर जिल्ला जोडिनेहरुको स्तर उन्नति कतिपय गरिसकेका छौ । कतिपय स्तर उन्नति गदै छौ । म वडा अध्यक्ष भईसकेपछि गरेका कामहरु यिनै हुन् ।

अन्तर जिल्लाको कुरा गर्नुभयो सिन्धुली जिल्लासँग जोडिने कोलान्जरको कुरा गर्नुभएको हो ?
सिन्धुली र ओखलढुङगा जोड्ने यसै वडाको कोलान्जरघाटमा पक्की पुल निर्माणको क्रममा रहेको छ । त्यसैलाई लक्षित गरेर जुन कोलान्जरघाट भन्ने ठाउँ रामेछाप जिल्ला कै होचो भुभाग रहेको र त्यो ठाउँ तिनवटा जिल्लाको संगमस्थल जस्तै ओखलढुङगा, सिन्धुली र रामेछापको त्रिवेणी भएको हिसावले सडकको पहुच त्यहासम्म जोड्या भने मध्य पाहाडी लोकमार्गसँग समेत हामी जोडिने भएको हुनाले साथै निकट भविष्यमा तराईसम्म जोडिने हुदा त्यो कामलाई अगाडी बढाएका छौ । नगर कै गौरवको योजनाको रुपमा पनि रामेछाप पुष्पलाल पार्क देखि कोलान्जर घाटसम्म नगर गौरवको योजनाको रुपमा राखेर छनोट गरेर सर्वसहमत ढंङगले पास गरेर अहिले खानी डाडासम्म स्तर उन्नतिकोे सडकलाई चौडा गर्ने काम सम्पन्न भईसकेको छ । आउदो बर्षसम्म कोलान्जर घाटसम्म पु¥याउने लक्ष्य रहेको छ ।

भौतिक संरचनाहरुको कुरा गर्नुभो सँगसँगै यस वडाका बिशेषताहरु के के रहेका छन् ?
यस वडाको बिशेषता भनेको गेडागुडी फल्ने ठाउँ हो । यस ठाउँलाई हामीले गेडागुडीको स्रोत केन्द्रको रुपमा पनि बिस्तार गरेका छौ । यो ५ न. वडामा रामेछाप नगरपालिका कै सवैभन्दा गेडागुडी फल्ने गरेको छ । जस्तै राजमा, गहत,बोडी,तोरी, मस्याङ, दाल जन्य र बदाम पनि फल्ने हुनाले बिशेषता भनेको नै गेडागुडी फल्ने ठाउँ हो ।

अर्को बिशेषता भनेको जनजाति मात्र बसोबास रहेको वडा भएको हुनाले सवै जातिजातिको कला संस्कृति जगेर्ना गर्ने हिसावले सवै जातजातिको पहिरणमा बार्षिक सास्कृतिक कार्यक्रम गर्ने गर्दछौ । याहाको अर्को बिशेषता भनेको यो हो ।

धार्मिक, सास्कृतिक अवस्था के छ बताईदिनुस न ?
देशमा नै पुराना संस्कृति सस्कार लोप हुदै गएको अवस्था त हो । तर याहाका सवै समुदायहरुलाई वडाको पहलमा आ– आफ्नो सस्कृति संस्कार जर्गेना गर्नुपर्छ भन्ने हिशावले बार्षिक रुपमा यस बर्षपनि हामीले याहा सात वटा जातजातिहरु रहनु भएको छ । उहाहरुलाई घर धुरीको आधारमा जनसंख्याको आधारमा सवैलाई ब्यवस्थापन गर्ने भनेर पाँच लाँख बजेट पनि बिनियोजन गरेका छौ । उहाहरुको मुख्य चाडमा आफुले पाउने हिशाववाट बजेटवााट थपेर पनि कार्यक्रम गर्ने गर्नुभएको छ ।

शैक्षिक अवस्था कस्तो रहेको छ । कतिवटा पाठशालाहरु रहेका छन् ?
७ वटा स्कुलहरु रहेका छन् । एउटा उच्च मा.वि. अहिले मा.वि मानै कायम रहेको छ । दुईवटा मा.वि. पाँचवटा आधारभुत बिद्यालय रहेका छन् ।

ति बिद्यालयहरुको अवस्था कस्तो रहेको छ ?
भौतिक रुपमा सवै बिद्यालयको अवस्था राम्रो छ । तर मा. वि.हरुमा प¥याप्त शिक्षकहरुको दरबन्दी नहुदा आर्थिक आन्तारिक स्रोतवाट अबिभावकहरुले तरकारी कृषिजन्य सामग्री बेचेर शिक्षकको तलब भत्ता ख्वाउदै आउनु भएको छ ।

प्रशंङग अलि फरक तपाई नेकपाको कार्यकर्ता यतिवेला नेकपाले लिएको नीति र तपाई जनप्रतिनीधि भएर काम गरिरहेको अवस्थामा पार्टी र तपाईको तार तम्यता कतिको मिलेको छ ?
नेपालमा यो संघियता नयाँ मोडलमा आएको पहिलो हो । त्यसकारण पनि स्थानीय नियम कानुनहरु बुझ्न नै हामीलाई निक्कै टाईम लाग्यो र भएका नियम कानुन पनि स्थानीयमा आइपुग्न एकबर्ष लाग्यो । त्यसकारण पनि नगरकार्यपालिका भित्र बिभिन्न बिषयमा छलफल गर्नुपर्ने बाध्यता आईलाग्यो । त्यसपछि केन्द्र सरकारले दिएको नमुना कार्यबिधिको आधारमा अहिले वडा कार्यलय तह सम्म काम गर्न सफल भएका छौ ।

यो जनताको सेवाको लागि सहज बातावरण बनाउने हेतुले भएको भएतापनि कानुनहरु जनताको बीचमा हामीले बनाउन नसकेको हो । तथापी जनताको घरदैलोमा पुगेर उहाहरुको समस्या बुझेर कार्यपालिकामा राख्न पाउदा असाध्यै राम्रो हो म खुसी पनि छु । पार्टीको पनि म जिम्मेवारीमा छु । पार्टीको जिम्मेवारी भन्दापनि म जनप्रतिनिधिको हैशियतवाट जनताका गुनासा तथ्याङ कार्यपालिकामा राख्दै आएको र छलफल गदै पनि आएको छु । कार्यपालिकाको आफ्नो नियम र पार्टीले लिएका उदेश्य सँगसँगै मिलाएर एक अर्काका परिपुरक जस्तै छन् । बिगतमा हाम्रो पार्टीले लिएको नीति हाल दुईवटा ठुला कम्युनिष्ट पार्टी एक भईसकेपछि भोग्नु परेका कठिनाई त सवैलाई थाहा भएकै कुराहरु हुन् ।

त्यो भन्दा पनि महत्वपुर्ण रामेछाप नगरपालिकामा रहेका ९ वटा वडाहरुमा ६ वटा वडाहरुमा स्वस्थ प्रतिस्पर्धा गरेर नेकपाले काम गरिरहेको छ । आउदा दिनमा अझ धेरै जनताको घरदैलोमा सेवा पु¥याउन सक्छौ भन्ने बिश्वास लिएको छु ।

स्वास्थ्य क्षेत्रमा भईरहेको प्रगतिको बारेमा बताईदिनुस न ?
रामेछाप नगरपालिकाको सवैभन्दा ठुलो वडा पनि भएको हुनाले याहा अहिले नगरपालिकाको पहलमा २४ घण्टे प्रसुति सेवा सञ्चालन गरेका छौ ।

चारघरे शहरी स्वास्थ्य केन्द्र स्थापन गरेर सेवा दिईरहेका छौ ।
म वडा अध्यक्ष निर्वाचित हुनुभन्दा अगाडी एक जना महिला प्रसुति सफल हुन नसकेर समयमा अस्पताल पु¥याउन एम्बुलेन्स उपलब्द नहुदा बाटोमा मानिसहरुले बोकेर लाने क्रममा मृत्यु भएको थियो । त्यो घटनाले हाम्रो मन साह्रै दुखाएको थियो र म वडा अध्यक्ष भईसकेपछि अहिले एम्बुलेन्स किन्नको लागि बजेट छुट्याई सकेका छौ । यो बर्षवाट नै एम्बुलेन्स सेवा दिने गरी काम भईरहेको छ ।

 

 भावि योजनाहरु के रहेका छन ?
बिकाश निर्माणका तत्काल गर्नुपर्ने काम त गरिसकेका छौ । गर्नुपर्ने काम मैले याहाका नागरिकहरुसँग घुलमिल भएर उहाहरुको मर्म बुझदा याहाको चेतनास्तर बृद्धि गर्न शिक्षालाई महत्व दिएर योजना बनाएका छौ ।

अहिले सुचनाको युग भएको हुनाले शैक्षिक संस्थाहरु सवैमा इन्टरनेटको पहुच पु¥याउन टावर समेत बनाईसकेका छौ । सफ्टवेयरको पाटोमा बृद्धि गर्ने भनेर लक्षित बर्गलाई लक्षित गरेर १५÷२० लाँख बजेट बिनियोजन गरेका छौ ।

हामीले याहाका नागरिकहरुको जीविको पार्जनका लागि बख्रापालन, बङगुर पालन, कुखुरा पालन, भैसी पालन आदी ईत्यादी कुराहरुलाई कसरी अगाडी बढाउन सकिन्छ भनेर भावि योजना बनाई राखेका छौ । लक्ष्य पनि त्यही रहेको छ ।

अन्तमा भन्न मन लागेका र केही छुटेका छन् भने
अहिले सम्म मैले यस वडामा गरेको संरचनाहरुको संरक्षण गर्न र बिकाश गर्न सवै पक्ष र सवै पाटोवाट सहयोग गर्नुपर्छ हामी एक दुई जना जनप्रतिनिधिले मात्र गर्न सम्भव हुदैन । सवै जना लागि प¥यौ भने हामीलाई परेको समस्या सावधान गर्न सक्छौ । हामीले सोचेको उन्नत नेपाल, हामीले सोचेको समृद्धि वडा बनाउन सफल हुन्छौ । अहिले बिशेष गरेर हामीलाई ठुलो कोरोना रोगको महामारीले सताईराखेको छ । यो परिस्थितिमा हामी नआत्तिकन सजग र सर्तक भएर काम ग¥यौ भने जस्तोसुकै परिस्थितिलार्इं पनि परास्त गर्न सक्छौ भन्ने लाग्छ । म आज वडा बासीहरुमा के अपिल गर्न चाहान्छु भने हामीले सोचेको काम पुरा गर्नको निम्ति सवैजना हात्तेमाले र सहकार्य गरेर अगाडी बढ्नुपर्छ भनेर उहाहरुलाई अनुरोध गर्न चाहान्छु ।

मलाई याहाहरुको यस लोकप्रीय जनआकाश मिडिया मार्फत आम नागरिकमा मेरा बिचार पु¥याउन दिनुभएकोमा धन्यवाद ब्याक्त गर्दछु ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend