जन आकाश
काठमाडौं ।
सुजुकी कम्पनिको मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाईल्स प्रा.ली. ले आउँदै गरेको वडा दशै, शुभ दिपावली तथा छठ पर्व लाई लक्षित गरि आफ्ना ग्राहकवर्गहरुका लागि सुजुकी दशै तिहार अफर प्रारम्भ गरेको छ ।
चाड पर्व सबैको हौसला हाम्रो भन्ने नारा लिएको अफर अन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनै पनि मोटरसाईकल तथा स्कुटर खरिद गर्दा तत्काल रु १२,०००। नगद छुट तथा १ वर्षको सडक दस्तुर प्राप्त गर्ने छन् साथै एक्सचेन्ज र सरल फाईनान्सको सुबिधा पनि उपलब्ध गराएको उसले सार्वजानिक गरेको बिज्ञप्तिमा उल्लेख छ ।
हाल देशको विसम परिस्थितिमा सुजुकीले ग्राहकहरुलाई सजक र सुरक्षित रहि चाड पर्व मनाउन र सुजुकी दशै तिहार अफरको फाईदा लिन आह्वान गरेको छ ।
सुजुकी दशै तिहार अफरले ग्राहकहरुको मन जित्ने कुरामा कम्पनी निश्चिन्त हुने दावी गरेको छ । सुजुकी कम्पनीको विभिन्न नविनतम मोडल र डिजाईनहरुको मोटरसाईकल तथा स्कुटरले ग्राहकहरुको मन जित्न सफल अवस्थामा यस योजनाले ग्राहकहरु थप उत्साहित हुने कम्पनिका मार्केटिङ्ग म्यानेजर समित सिंहले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend