logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कृषि क्षेत्रमा नयाँ तरिका अपनाऔं


  • जन आकाश
  • बिहिबार, असोज ८ २०७७

नेपाल कृषि प्रधान देश भनेर चिनिएको वा उल्लेख गरेको सताब्दिऔ भईसक्यो तर नेपालका किसानहरु पुरानै तरिकावाट गरिने खेतिपातीले आत्मनिर्भर भएका छन्कि छैनन् । उनिहरु कृषि पेशावाट आफ्नो परिवार पाल्न सक्ने अवस्थामा छनकि छैनन् यो महत्वपुर्ण कुरा हो ।



कृषि पेशा ब्यवसाय रुपमा बिकाश गर्न नसक्नुका कारणहरु किन खोजिदैन ? यि यस्तै समस्याहरु नेपालको सम्बन्धित निकायहरुले आजसम्म गरेका देखिदैनन् । सरकारले बेला बेलामा कहिले कृषि आधुनिकीकरण कहिले आ–आफ्नो सरकारको पालामा नाम रहने तरिकाले नाम परिवर्तन गर्ने तर काम परिवर्तन नगर्ने ढङगवाट जस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण राखेर मात्र भएको केही पनि देखिदैन । किसानलाई अनुदान, प्रोत्साहन, तालिम बास्तविक किसानमा पुगेको देखिदैन । कागजका ठेलीहरुमा टाठा बाठाहरुले मिलिभगतमा कृषिमा परिवर्तन भएको किसानको जिवनस्तर उठेको प्रतिवेदन बनाएर देशलाई फाईदा पुगेको छैन ।आजसम्म पनि बिदेशवाट अरबौ रुपैयाको कृषि सामग्री नेपालले आयात गरेर उपभोग गर्नुपरेको छ ।

अहिले पनि गाउँ गाउँमा बास्तविक किसानहरुले कृषिमा अनुदान भनेको के हो ? उनिहरुलाई थाहा नै छैन । अर्को किसाहरुले प्रप्त गर्नुपर्ने अनुदानको लागि कम्पनी रजिष्ट्रार कार्यलयमा कृषि सम्बन्धि फर्म दर्ता गर्नुपर्ने जस्ता प्रावधानले जो बास्तविक किसान छ । उसलाई यो कम्पनी काहा दर्ता गर्ने कसरी गर्ने जस्ता प्रकृयाहरु थाहा नभएको र थाहा भएपनि कृषि पेशामा आवद्ध मानिसहरु २ घण्टा काम गर्न पायो भने २ माना अन्न अर्को फल्थ्यो भन्ने सोच राखेर काम गर्ने गर्दछन् । यस्ता बास्तविक किसानहरुको लागि उत्साह भर्ने कार्यक्रम कसैले गरेको देखिएको छैन ।

त्यसकारण यो पुरानो नेपालको कृषि प्रणाली नेपालको लागि फेल भईसकेको प्रणाली हो । यो प्रणलीलाई नयाँ तरिका नपनाए सम्म कृषिले त्राण धान्न नसक्ने देखिन्छ । कतै कतै भएका र युवाहरुले नमुनाको रुपमा गरेको कृषिलाई देखाएर सिंगो नेपालको कृषि पेशा जोगिदैन । नेपालको कृषि क्षेत्रको बिकाशको लागि सरकारले बनाउनुपर्ने नीति समग्रमा कृषि क्षेत्रलाई समेट्ने हुनुपर्छ ताकि तराईमा मुख्य बालीको रुपमा रहेको धानमा हाल्ने मल चाहिएको बेला मलको अभाव पानी चाहिएको बेला आकाशवाट पानी नपर्दा पानीको अभाव , पाहाडमा मक्कैमा हाल्न मल चाहिएको बेला मल अभाव, हिमाली क्षेत्रमा आलु उत्पादन गरेर राख्यो बजारको अभाव जस्ता समस्या छन् ।

यि सवै समस्यालाई सम्वोधन गर्न भौतिक पुर्वधारको पनि बिकाश आवाश्यक छ । नेपालमा आफ्नै मल कारखाना, तराईका उर्वरभुमिमा १२ ह्रै महिना खेति गरेर उत्पादन बढाउन सिचाईको ब्यवस्था, पाहाडी क्षेत्रहरुमा पाराङगिक मल उत्पादन केन्द्रको स्थापना हिमाली क्षेत्रमा भएका जडीबुटी महत्वपुर्ण अत्तिमहत्वपुर्ण छुट्याएर प्रशोधन केन्द्र स्थापना गरि आम्दानीको स्रोत बनाउनु पर्ने देखिन्छ । साथै कृषि क्षेत्रको बारेका थुप्रै बिशेषज्ञ नेपालमै छन् उनिहरुको अनुभव र तरिका समेत सरकारले लिएर नेपालको कृषि प्रणलीलाई नयाँ शिरावाट उठाउन लाग्नुपर्छ । तवमात्र कृषि प्रधान देशको सार्थकता रहन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend