logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026


  • जन आकाश
  • बिहिबार, असोज ८ २०७७

बिहानीको सित जस्तो सुक्दै गयाे जीवन
संगर्सको पहाड भित्र लुक्दै गयाे जीवन



सधै कहिले यता त कहिले उता ठोक्किएर
अनगिन्ति चोटै चोटमा दुख्दै गयाे जीवन

मनले सोचे, चाहे, खोजे जस्तो नभएर
बाध्यता, विवस्तामा झुक्दै गयाे जीवन

चाहनामा यो गर्छु र त्यो गर्छु भन्दाभन्दै
सपनाहरु अधुरो राखी रुक्दै गयाे जीवन(बिनोद श्रेष्ठको फेसबुकवाट)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend