जन आकाश
सार्वजानिक सवारी साधन सुधार अभियान्त नामले चिनिने प्रेम बहादुर थापाको परिचय जो कसैलाई थाहा नहुन सक्छ । उनले २०६९ सालदेखि नेपालका सार्वजानिक यातायात प्रयोग गर्ने यात्रुहरुको लागि र सवारी साधन धनीहरुको हितमा अभियान नै चलाउदै आएका थिए ।
उनको माग नेपालका यातायात समितिहरुले समितिको नाममा बैकवाट ऋण निकालेर गडी किनेर आफै चलाउने श्रमजीवि वर्गहरुको गाडीवाट अनाआवश्यक रकम उठाएर आर्थिक भार पार्ने र यातायात समितिका नामवाट हुने अपारदर्शिताले अस्वस्थ प्रतिस्पर्धा हुदा त्यसको मार यात्रुहरुले ब्यहोर्नु परेको गाडी धनीहरुले ब्यहार्नु परेको भनि अभियाँन नै सञ्चालन गरेका थिए ।
त्यो अभियाँनले नेपालका यातायातको नाममा रहेका समितिहरु खारेज गर्न सरकारले निर्णय गरेकोमा प्रेम बहादुर थापा खुशी भएको बताउछन् ।
तर अहिले नेपालमा कोरोनाको नाम जोडेर ५० प्रतिशत त्यो पनि नेपालीहरुको महान चाड वडा दशैको अवसर पारेर भाडा बृद्धि गरेकोमा नेपाल सरकार भौतिक पुर्वधार तथा यातायात ब्यवस्था मन्त्रालय प्रति आक्रोश पोखेका छन् । नेपालमा भाडा बृद्धि हुने बित्तिक्कै खाद्यन्न, लत्ताकबडा, देखि सवै क्षेत्रमा त्यसको असर पर्ने भएको हुनाले त्यो निर्णय सरकारले तुरुन्तै फिर्ता गर्न आग्रह गरेका छन् ।
उनले काठमाडौ उपत्यकामा वा अन्य शहरहरुमा भाडामा कोठा लिई बसोबास गर्ने मानिसहरुको बारेमा चिन्ता गदै प्रत्येक बर्ष भाडादर बढाउने घरबेटीहरुले भाडावालहरुलाई बिल नदिने र उसको भाडादर घरबेटीको मुखमा हुने हुनाले शहरमा काम गरेर खाने गरिबहरुलाई बाच्न कष्टकर बढ्दै गएको र सम्बन्धित निकायले कुनै मापदण्ड नबनाएको हुनाले केन्द्र देखि स्थानीय निकायसम्मका सरकारले मापदण्ड बनाएर भाडादर तोक्नुपर्ने, कुन क्षेत्रमा भाडाका घरहरु बनाउने, कुन क्षेत्रमा अफिसका लागि घर बनाउने त्यसको निर्धारण गरिदिनुपर्छ भन्छन् । काठमाडौ उपत्यकामा पैशा भाडा मात्र लिने तर पानि, सरसफाई, बिधुत, सवैको पैशा भाडावालहरुवाट असुल्ने प्रबृति बढेर गएको बसिरहेको मासिनलाई बाहाना बनाएर निकालेर पठाउने र नयाँ आउने मानिसलाई हवात्तै भाडा बढाएर दिनानुदिन अपराध उत्पादन गर्न प्रोत्साहन पुग्ने गरी काठमाडौ उपत्यकामा घरबेटीहरुले चर्को भाडा लिएको प्रति पनि आक्रोश पोखेका छन् । यहि मंगलबार जन आकाशको कार्यलयमा आई सार्वजनिक सवारी साधन शुधार अभियान्त प्रेम बहादुर थापाले हामीलाई दिएको जानकारी हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend