logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कविता   –  कोरोनाको लकडाउन


  • जन आकाश
  • शुक्रबार, असोज ९ २०७७

कविता   –  कोरोनाको लकडाउन
…………………………………
आज स्तब्ध भएको छ जतासुकै
आफन्तहरूको भिडबाट
छुट्टिएको छ मानिस
एक्लो एक्लो भएर
आँसु पिउदै बसेको छ
आफन्तको पिडामा पनि
सगै बसेर पिडा बाड्न पाएको छैन  ।



सागुरो लाग्ने सडकहरु
भिडभाड र कोलाहलमय शहर
सडक भरी छरपस्टिएर
एकले अर्कोलाई उच्छिन्ने होडबाजीमा
दौडी रहने गाडिका तातिहरु
आज विश्राम लिन बाध्य  भएका छन
सडक सुनसान र
लमतन्न भएर सुतिरहेका छन  ।

यो ब्रह्माण्डलाई फेरो मार्न
हिडेको अदृश्य यात्री
कहिल्यै नथाकिकन
फन्को मार्दै हिडिरहेको छ
सारा ब्रह्माण्डलाई चक्कर लगाउदै
काहा पुगेर कहिले विश्राम गर्ने हो
कसैलाई थाहा छैन  ।

मै हु भन्दै ताण्डब गर्दै
हिड्ने शक्तिशाली योद्धाहरुलाइ
आज कोरोना लक्डाउनको
जन्जिरमा उल्झिएर
कारागार भित्र बिना अपराधी नै
बन्दी भएर बस्न बाध्य भएका छन
मृत्युको कालो आधिबाट बच्न  ।

बम , बारुद र अनेकौं चमत्कारि खेल खेल्दै
चन्द्रममा टेक्न सफल भएको बिज्ञान
आज असिन पसिन भएको छ
बिश्वलाइ ध्वस्त पार्न सक्ने
हतियारले
सानो भन्दा सानो किरा
ध्वस्त पार्न नसकेकोमा  ।

दिनदिनै झागिदै गरेको
महामारिको आडमा गरिने
लकडाउनले
भयङ्कर भोकमारिको संकेत दिदैछ
कति त कोरोनालाइ साची राख्दै
मृत्यु  पत्रमा हस्ताक्षर  गर्दैछन  ।

लकडाउनको भारिले थिचिएर
उठ्नै नसकिने गरुङ्गो भारिले थिचिदैछन
दिनदिनै खच्किदै गरेको
आर्थिक अभावले
आफैले आफैलाइ
बिर्सन थालिसकेका छन  ।

आज एक्ला एक्लै बसेर
आसुको छालमा पौडदै
हिजो सम्म आफ्नो भनिनेलाइ
चिहानमा चप्परिले थिच्दै
बिछोडको पिडामा छट्पटीनु परेको छ ।

कसैको गाँस लुटियो
कसैको बाँस लुटियो
एक आपसको सम्बन्ध टुट्यो
कहिल्यै नभेटिने गरि साथ छुट्यो ।
( लिला माया ढकाल गौतम धापासी – ६  LMDG )

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend