logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उधोग बाणिज्य महासंघको निर्वाचन मंसिरमा


  • जन आकाश
  • शनिबार, असोज १० २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मंसिर ११ र १२ गते निर्वाचन गर्न अनुमति पाएको छ ।



गृह मन्त्रालयले शुक्रबार महासंघलाई पत्र लेखेर महासंघको निर्वाचनमा २५ जनाभन्दा बढी भेला हुन नपाउने शर्त तोक्दै निर्वाचन गर्न अनुमति दिएको हो ।

‘गृह मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दुरी कायम गर्नुपर्ने र स्वास्थ्यका मापदण्ड पालना गरेर साधारण सभा गर्न अनुमति दिएको हो ।

महासंघ पदाधिकारी बैठकले सो मितिमा निर्वाचन गर्न सिफारिस गरेको थियो । सो सिफारिसलाई अनुमोदन गर्न तथा निर्वाचन सम्बन्धी थप तयारीका लागि महासंघले असोज १५ गते कार्य समितिको बैठक डाकेको छ ।

५४ औं साधारणसभापछि हाल महासंघको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् भने वरिष्ठ उपाध्यक्ष बन्नका लागि चन्दप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् ।

मंसिर ११ र १२ गते हुने महासंघ निर्वाचनमा चन्द्र ढकालका प्यानलबाट पदहरुमा उमेशलाल श्रेष्ठ, गुणनीधि तिवारी र रामचन्द्र संघाईले निर्वाचन लड्दैछन् भने प्रधान प्यानलबाट अञ्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र सौरभ ज्योतिले उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend