logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

किया बिगेस्ट सरप्राइज अफ द इयर सार्वजनिक, चार लाख रुपैयाँसम्म डिस्काउन्ट र अन्य आकर्षक सुविधा


  • जन आकाश
  • सोमबार, असोज १२ २०७७

काठमाडौं ।
नेपालका लागि कोरियन अटो निर्माता कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले चाडपर्वको मौका पारेर ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्वजनिक गरेको छ ।



यस योजना अन्तर्गत कियाको दुई मोडलका गाडी खरिदमा चार लाख रुपैयाँसम्मको सर्वाधिक डिस्काउन्ट पाउन सक्ने कम्पनीले जनाएको छ । योजना अवधिमा कियाको अल न्यु सेल्टोस र स्पोर्टेज गाडी खरिद गर्ने ग्राहकले उक्त डिस्काउन्ट पाउने छन् ।

ग्राहकहरुको चाडपर्वलाई अझ उत्सवमय बनाउन कम्पनीले डिस्काउन्टका अतिरिक्त अन्य सुविधा पनि दिएको छ । यो योजना अवधिमा गाडी खरिद गर्ने ग्राहकले एक वर्षको निःशुल्क बिमा सुविधा पाउनेछन् । योजना अवधिमा बिक्री हुने गाडीको एक वर्षको सडक कर पनि कम्पनीले नै बेहोर्नेछ ।

कम्पनीले ‘किया बिगेस्ट सरप्राइज अफ द इयर’ योजना अन्तर्गत दिएको डिस्काउन्ट र अन्य सुविधा देशभरका किया डिलरबाट लिन सकिने बताइएको छ ।

कम्पनीले केही दिनअघि कियाको भारतस्थित प्लान्टमा निर्मित सोनेटको मूल्य सार्वजनिक गर्दै त्यसको बुकिङ पनि खुल्ला गरेको छ । कम्पनीका अनुसार सोनेटको सुरुआती मूल्य ३५ लाख ९० हजार तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend