जन आकाश
नेपालमा कोरोनाको संन्त्रासले लगाईएको लकडाउन, निशेधज्ञाको असरले नेपालको जनजीवन प्रभावित भएको छ । लामो समयको लकडाउनले जनजीवन प्रभावित भएर भोकले समेत मानिसहरु मर्न थालेपछि संक्रमणको संन्त्रास कायमै रहेपनि सरकारले निशेधज्ञा हटाएको पनि दुईसाता भईसकेको छ । तर जनजीवन सामान्य तर्फ फर्कन सकेको छैन ।
नेपालीहरुको मुख्य पर्व दशै–तिहार नजिकिदै जादा र किनमेलमा निस्कने मानिसहरु यस बर्ष निस्केका छैनन् । कोर।ेनावाट बच्नको लागि सुरक्षित स्थानमा गएकाहरु समेत आर्थिक अभावहरु झेल्दै यथास्थानमा बसिरहेका छन् । कुनै एक ठाउँवाट अर्को ठाउँ जानको लागि सार्वजानिक यातायातमा बढाईएको ५० प्रतिशत भाडाले पनि कतिपय मानिसहरु आर्थिक अभावको बेला महगो भाडा तिरेर आवत जावत गर्नु भन्दा त यथास्थानमा बस्ने र त्यो महगो यातायात भाडा तिर्ने पैशाले दशै मनाउन पुग्ने तर्फ सोच्न थालेका छन् ।
यस्तो निर्णय गर्नुपर्ने आम नागरिहरुको रहर नभएर बाध्यता हो । किनकि लकडाउनको अवस्थावाट भरखरै सार्वजानिक यातायत चलाउन सुरक्षा अपनाएको थियो । त्यो सुरक्षा भरपर्दो जस्तो थिएन । ५० प्रतिशत भाडा बृद्ध गरेर चलाउदा यातायातले दिनुपर्ने सुविधा केही पनि देखिएको थिएन । र कुनै यातायात खाली –खाली कुदिरहेका हुन्थे भने कुनै खचा खच नै हुन्थे त्यसकारण त्यो सरकारले गरेको निर्णयले कुनै अर्थ राखेन ।
अहिले पनि बालाजु बसपार्क, रत्नपार्क पुरानो बसपार्क काठमाडौ आवत जावत गर्ने मुख्य नाकाहरु जस्तै कंलकी, कोटेश्वरमा हेर्न गयौ भने खासै मानिसहरुको भीड देखिदैन किनकि कारण एकातिर कोरोनाको संन्त्रास अर्को तिर यातायातको ५० प्रतिशत भाडा बृद्धले मानिसहरुमा निराशा छाएको छ ।
नेपालमा सवैभन्दा आर्थिक चलायमानको ९० प्रतिशत दशै तिहार बीचको १ महिनामा हुने गर्ने गरेको थियो । यस बर्ष त्यस्तो हुने सम्भावना छैन । नेपालमा आफ्नो उत्पादन खासै छैनन् लकडाउनका कारण छिमेकी मुलुक भारत र चीनवाट लत्ता कबडा, सजावटका सामग्री, लगायत सवै आयात गरेर नै नेपालीहरुले ब्यापार ब्यवसाय गदै आएका छन् । त्यसकारण पनि सामानहरु समयमा नै आईनपुग्दा याहा सामानहरुको मुल्य पनि महगो भएको हुनाले मानिसहरुले यसबर्षको दशै –तिहारमा किनमेलमा ध्यान दिएका छैनन् ।
एकातिर भने अर्को तर्फ काठमाडौ उपत्यकामा बसोबास गर्ने वा शहरहरुमा गएर ज्याला मजदुरी गरीखाने बर्गहरुमा झनै समस्या बढिरहेको छ । लकडाउन खुल्ला भएपनि कतै कामहरु सञ्चालन हुन नसक्दा ति मजदुरहरुको आम्दानी गर्न नसक्दा दैनिकी जिवन समेत कठिनाई बन्दै गएको छ । स–सना ब्यवसाय गदै आएका परिवारहरुको पनि अवस्था बिर्गदो छ । मानिसहरुमा निराशा बढीरहेको छ ।
यो सवै वातावरण हेर्दा अव समाजलाई बिश्वासिलो आत्मबल बलियो बनाउन सरकारले कार्यक्रमहरु ल्याउनु पर्छ ताकी मानिसहरु उत्साहका साथ पुनः जागृत हुन र सवै क्षेत्रका मानिसहरु पुनः पहिलाकै अवस्थामा फर्केर काम गरुण ।
त्यस्तो अवस्था आजको भोलि भईहाल्ने देखिदैन । किनकि काठमाडौ उपत्यकामा घर भाडामा, सटर भाडामा लिएर ब्यवसाय चलाएका ब्यवसायीहरुले लामो समय पसल, होटल, कम्पनी बन्द गर्नुपर्दा ७ महिना सम्म आम्दानी गरेका छैनन् । तर काठमाडौ उपत्यका लगायत शहरमा बसोबास गदै आईरहेका घरवालहरुले भाडा भने माग्दै आएका छन् । यो समस्या निक्कै बढ्ने देखिन्छ । किनकि भाडा तिर्न नसक्ने अवस्थामा पुगेका ब्यापारीहरुले भएको सामान पनि भाडा नतिरी निकाल घरबेटीहरुले नदिने र त्यही राखिरहदा समानहरु सड्ने भाडा झनै थपिदै जाने घरबेटीको भाडा पनि नआउने समस्याले उग्र रुप नलेला भन्न सकिदैन ।
त्यसकारण बेलैमा सरकारले काठमाडौ उपत्यकाको बिकराल बन्दै गएको अवस्थालाई सहज बनाउन अग्रसरता देखाउनु पर्ने देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend