logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेको इन्स्योरेन्सले  १० लाख ७० हजार कित्ता शेयर लिलाम गर्दै


  • जन आकाश
  • बुधबार, असोज १४ २०७७

 



काठमाडौं – नेको इन्स्योरेन्सले १० लाख ७० हजार २०६.८४ कित्ता शेयर लिलाममा बिक्री गर्ने भएको छ। कम्पनीले संस्थापक शेयर निष्काशन गर्न लागेको जानकारी दिएको छ ।

उक्त शेयर अहिले कायम संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आबेदन दिन सक्नेछन । शेयरको आवेदन असोज २० गतेदेखि खुल्ने छ ।

सो शेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी कात्तिक ४ गतेभित्र पेश गर्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याका कुनै हद तोकिएको छैन। इन्स्योरेन्सको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend