जन आकाश
जसलाई भारत चीन सीमा विवाद पनि भनिन्छ, १९६२ मा भएको चीन र भारत बीचको युद्ध थियो। ११े विवादित हिमालय सीमा विवाद युद्धको लागि मुख्य कारण थियो, तर अन्य मुद्दाहरूको पनि भूमिका थियो। १२े सन् १९५९ मा चीनमा भएको तिब्बती विद्रोह पछि, जब भारतले दलाई लामालाई शरण दियो, तब भारत(चीन सीमामा हिंसात्मक घटनाहरूको शृङ्खला सुरु भयो। सन् १९५९ मा चिनियाँ प्रधानमन्त्री झोउ एनलाइले घोषणा गरेको वास्तविक नियन्त्रण लाइनको पूर्वी भागको उत्तरमा रहेको म्याकमोहन रेखामा भारतले अगाडि बढेको नीतिअनुरूप म्याकमोहन लाइनको सिमानामा आफ्नो सैन्य चौकी राख्यो।
२० अक्टूबर १९६२ मा, चिनियाँ सेनाले लद्दाख मा र म्याकमोहन लाइन पार गरेर एकै साथ आक्रमण गरे। चिनियाँ सेनाले मोर्चामा भारतीय सेनामाथि हावी भए र पश्चिम क्षेत्रको चुशुलमा रेज्या(ला र पूर्वमा तवाङ कब्जा गर्यो। चीनले २० नोभेम्बर १९६२ मा युद्धविराम घोषणा गर्यो, साथ(साथै विवादित दुई क्षेत्र मध्ये एउटाबाट सेना फिर्ता गर्ने घोषणा पनि गर्यो। तर अक्साई चिनबाट भारतीय चौकीहरू र गस्तीहरू हटाइयो, जुन सङ्घर्षको अन्त पछि प्रत्यक्ष रूपमा चिनियाँ नियन्त्रणमा गयो।
भारत(चीन युद्ध कठोर परिस्थितिहरूमा भएको लडाइँको लागि उल्लेखनीय छ। यस युद्धमा धेरै जसो लडाइँ ४२५० मीटर ९१४,००० फिट भन्दा माथीको उचाईमा लडिएको थियो। यस प्रकारको परिस्थितिले दुबै पक्षलाई खाना, रासन पानी र अन्य लजिस्टिक समस्याहरूको सामना गर्नु पर्यो।
यस युद्धमा चिनिया र भारतीय कुनैै पक्षले नौसेना वा वायुसेनाको प्रयोग गरेनन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend