जन आकाश
काठमान्डौ – दशैं पिंडामा मात्र होइन खुसि साथ् पनि मनाउनु पर्छ भन्ने बोलको गीत भर्खरै बजारमा आएको छ । रामकृष्ण थापाको नाममा बजारमा आएको उक्त गीत “दशैँ पछी तिहार आउने” बोलको रहेको छ । बिशेष गरेर संगीत कै बिषयमा अध्यन गर्दै आफ्ना जीवनी यात्रा अगाडी बढाई रहनु भएका थापाले भबिस्यमा संगीत क्षेत्रमा उठबस गर्नका लागि संघर्सरत गरिरहनु भएको छ । गायक तथा संगीतकार रामकृष्ण ले यस अघि थुप्रै गीतहरुमा संगीत संयोजन गरिसक्नु भएको छ । प्रस्तुत गीतमा पनि उहाकै संगीत संयोजन रहेको छ ।
फास्ट क्रिएसन प्रालिले सार्बजनिक गरेको माथि उल्लेखित गीतमा स्वर रामकृष्ण थापा र सबनम आचार्य फुँयालको रहेको छ भने लय तथा शब्द सिर्जना सांगीतिक क्षेत्रमा क्रियासिल उद्धब घिमिरेको रहेको छ ।
रोमान्चक स्वादबाट तयार भएको यस दशैं गीतको म्युजिक भिडियोमा प्रदिप रोका र आयुष्मा कार्कीको अभिनय देख्न सकिन्छ । “दशैँ पछी तिहार आउने” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी अमोन रानाले गर्नुभएको छ । भने छायांकन सन्तोष तिमल्सिना र सम्पादन रोशन धितालले गर्नुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend