logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

नेपालका सञ्चार क्षेत्रभित्र छिरेर गरिने ठेकेदार प्रथाको अन्त्य गरौं

सम्पादकीय लेख


  • जन आकाश
  • सोमबार, असोज १९ २०७७

नेपालमा सञ्चार क्षेत्रको बिकाश जति कष्टपुर्ण तरिकाले स्थापना भएको थियो । त्यो स्वतन्त्र प्रत्राकारको हितमा संघर्ष गर्नुहुने अगुवाहरुलाई थाहा छ । ति संघर्ष गरेर नेपालको पत्रकारितालाई सत्य तथ्य र सुचना मुलक बनाउन अग्रसर भई सपना देख्नुहुने अग्रजहरुलााई धन्यवाद । हामी स्वतन्त्र पत्रकारिता गर्ने अभियानमा हिडिरहने छौ ।



तर नेपलमा २०४७ सालको परिवर्तन सँगै पत्रपत्रिकाको लागि खुल्ला ब्यवस्था भएपछि नेपालमा अनेका खालका तत्वहरु पत्रकारिता मुखुन्डो ओडेर छिदै कोही आफ्नै देशको सुचना बेच्न समेत पछि नपरेका कोही अन्य दुतावासवाट रकम भत्ता बुझेर नेपालको परराष्ट्र असंलग्न नीतिको उल्लघन गर्ने पत्रकारकाको भेषमा छिरेर गुप्तचरी गर्ने त्यो पनि आफ्नो देशको पक्षमा भए त ठिकै थियो । त्यसो नगरेर नेपालको बिरुद्धमा पो काम गर्ने एजेन्टको रुपमा काम गर्ने पत्रकारहरु पनि यहि देशमा देखिएका छन् । यस्ता उदश्य बोकेर काम गर्ने एजेन्टहरुको कारणले नेपालको पत्रकारिता जगत बदनाम भएको छ ।
तिनै मुखुण्डो ओडेर पत्रकारको भेषमा छिरेका र बिभिन्न बिज्ञापन एजेन्सीको कारोबार गरिरहेका एजेन्टहरुले स्वतन्त्र पत्रकारिता गरिरहेका र चलाएका राष्ट्रवादी सञ्चारमाध्यमहरु जस्र्तै पत्रपत्रिकालाई, अनलाईनलाई ब्यवसायक बिज्ञापन नदिन उर्दी जारी गरेर ठेक्का लिने गरेका छन् । जसको कारण स्वतन्त्र पत्रकारहरुलाई ब्यवसायीक र दैनिकी चलाउन अप्ठ्यारो परोस र बाध्य भएर पत्रकारिताको भेषमा छिरेका जस्तै गरी आर्थिक अभावको कारण राष्ट्रवादी पत्रकारहरुले पनि पित पत्रकारिता गरुण र माफियाँहरुको सधै पक्षमा लेखुन भन्ने उदेश्यले पछिल्लो पत्रकारितामा दखिएको ठेकेदार प्रथा मौलाएको छ ।

जसका कारण नेपालका सत्य तथ्यको आधारमा नेपाल देशको हित चिताउने मैले लेखेको समाचार, लेख, उठाएको बिषयले देशको लागि दिर्धकालीन फाईदाहोेस भन्ने सपना देख्ने पत्रकारहरुको अवस्था भने दयनीय बन्दै गएको छ । याहा कसैको ध्यान पुगेको छैन । अहिले नेपालमा चलिरहेका संञ्चारमाध्यमहरुको अवस्था राम्रोसँग अध्ययन गर्ने हो भने ठुला जति सवै कतै न कतै कसैको आड भरोसा त्यो केही सिमित लक्ष्य पुरा गर्न खोलिकाहरुको बाहुल्यता छ । आम्दानीको स्रोतको रुपमा सरकारी संञ्चारमाध्यम वाहेक सवै सञ्चारमाध्यमको आम्दानी बिज्ञापन नै हो । बिगतमा पत्रपत्रिका बेचेर आउने आम्दानीको स्रोत हुन्थ्यो भने अहिले पत्रिका बिक्रीवाट पैशा आउने बिषय देखाउने पक्रिया मात्र हो । त्यो नेपालको पत्रपत्रिकाको सम्पुर्ण पाइने ठाउ भुगोलपार्कमा गएर अध्ययन ग¥यौ भने सवै कुराको जानकारी पाईन्छ । त्यसैले पत्रकारको भेषमा छिरेकाहरुले पत्रकारको नाम लिएर “सवै हामी हो अरु कोही होइन । सवै हामी जिम्मा लिन्छौ” भन्दै जसो तसो राष्ट्रको पक्षमा काम गरिरहेका पत्रकारहरुलाई थाहा नै नदिई पत्रकारको नाममा एजेन्ट बनेका तत्वहरुले नेपालका हजारौ हजार पत्रकारहरु माथिको ष¥यन्त्र गदै आएका छन् । यो निक्कै डरलाग्दो बिषय बन्दै गएको छ ।
जस्तै नेपालका पत्रपत्रिकालाई बिज्ञापन दिन पत्राकारको नाममा छिरेका एजेन्टलाई नसोधि बिज्ञापन दिन नपाईने जस्ता काम हुने र कुनै संघ, संस्था, ब्यापारिक केन्द्रमा स्वतन्त्र पत्रकार बिज्ञापन माग्न गयो भने उसलाई पत्रकार भेषमा छिरेर बसेको एजेन्टसँग कुरा गर्नुपर्ने र त्यो एजेन्टको पो कुरा सुन्नुपर्दा स्वतन्त्र पत्रकारको उदेश्य, लक्ष्य प्रति अवरोधको रुपामा आएको छ । यो नेपालको पत्रकारिता जगतको लागि ठुलो चुनौतिको रुपमा रहेको छ । यो चुनौतिलाई सवै स्वतन्त्र पत्रकारहरुले मिलेर एकढिक्का भई प्रतिरोध गर्न नथाल्ने हो भने बाकी नेपालका स्वतन्त्र पत्रकारहरुको भबिष्य एजेन्टहरुको हातमा जाने निश्चित छ ।

त्यसैले पत्रकारको भेषमा छिरेर पत्रकार बिरुद्ध लाग्ने एजेन्टहरुलाई पाखा लगाउन ढिलो गर्नुहुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend