logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

TVSबाईकमा जटिल समस्या प्रयोगकर्ताहरु हैरान

दशैको अफर भनेर ग्रहक ठग्ने योजना


  • जन आकाश
  • शुक्रबार, असोज २३ २०७७

काठमाडौं । भारतमा उत्पादित तर नेपालमा बितरित TVS बाईकमा समस्या नै समस्या दखिन थालेको छ । अहिले नेपालीहरुको महान चाँड बिजयाँ दशैको मुखमा उपहारको लोभमा ग्रहकलाई लोभ्याएर गुणस्तरहिन बिग्रीएका बाईक जगदम्बा मोटर्स प्रा. लि.ले बेच्दै आएको छ ।
उक्त कम्पनीले बेच्दै आएको बाईक, स्कुटरमा थुप्रै समस्या भएका TVS आपाचे बाईक १५० सिसि, १६० सिसि, २०० सिसि,र स्कुटर बेच्दै आएको नेपालको जगदम्बा मोटर्सले ग्रहकलाई गुणस्तरहिन भारतमा प्रतिबन्ध गरेको TVS बाईक नेपालमा बिक्री बितरण गरिरहेको अटो क्षेत्रमा काम गरिरहेका अटो बिज्ञहरु बताउछन् ।



TVS बाईकमा नयाँ किनेको ७ दिन नहुदै ब्यट्रीमा समस्या आउने गरेको ग्येरमा समस्या कुददा कुददै ग्येर चेज भएर बाईक लड्ने गरेर धेरैै एक्सिडेन्ट हुने, ब्रेक भनेको बेला नलाग्ने जस्ता समस्याहरुले बिगतमा र अहिले भरखरै किनेका नयाँ आपाचे बाईक र TVS स्क्ुटरको समस्याले सताएको थुप्रै ग्रहकहरुले हाम्रो कार्यलयमा फोन गरी बताएका छन् ।

ब्यथै TVS किनेछु भनेर ग्रहकहरु पछुताउनु परेको गुनासो हामीलाई पोखे । त्यसै मध्यका एकजना त टेलिभिजनका पत्रकार समेत तखक बाईक खरिद गरेपछि ब्यहोर्नु परेको हैरानीले तनावमा छन् उनि भन्छन् ठुलो गल्ति गरिएछ । नयाँ बाईक किनेको ७ दिनमा नै ब्याट्रीले काम गर्न छोड्यो त्ख्क् को शोरुममा गएको यो कम्पनीलाई देखाउनुपर्छ बाईक छोडेर जानुस भन्यो छोडे । तर एक हप्तापछि बल्ल बाईक लिन आउनुस भन्यो त्यहावाट फेरी स्टार गरेर अफिस पुग्न नपाउदै स्टार बन्द भयो । रिसले आगो भए तर के गर्नु २ लाख ५३ हजार बुझाई सकेको थिए । त्यो दुखःले कमाएको पैशा सम्झेर केही गर्न सकिन न वर्कशपमा लगेर हुन्छकी भने फेरी आउट अफ वर्कशपमा लगेर देखाउदा वर्कशपले पनि यो TVS बाईकको ब्याट्री यस्तै हुन्छ । तपाईले अर्को कम्पनीको ब्यट्री फेर्नु भो भने सामान्य काम चलाउ हुन्छ भने मैले वर्कशपको सल्लाह अनुसार त्यसै गरे चल्न त थाल्यो तर बेला बेलामा कुदिरहेको बाईक एक्कासि ग्येर चेज भएर बाईक लडने गरेको ति पत्रकारको भनाई रहेको छ ।

हामीले यो समस्या आएपछि जगदम्बा मोटर्स प्रा.लि.का अध्यक्ष दिपक अग्रवाल सँग बुझ्न खोज्दा उनको मोबाईल उठेन ।
यसरी पत्रकारहरुलाई पीडा दिने आपाचेले सर्वसाधरण ग्रहकलाई कति समस्या पारेको होला ।
यतिवेला तिमि नै मेरो सपना अटुट तिमि नै मेरो सहयात्री भन्दै ठुला मिडियालाई बिज्ञापन प्रचार गर्न लगाएर आपाचे बाईकले ग्रहकहरुलाई ठग्ने उदेश्य राखेको देखिन्छ ।

हामीले उपभोक्ता सम्बन्धि ६ दशक अगाडी देखि काम गरिरहेको संस्था उपभोक्ता मञ्च नेपालका काठमाडौ क्षेत्र न. ४ का सदस्य सुबोध पौडेललाई सोधेका थियौ यसरी गुणस्तरहिन सामान बेच्ने कम्पनीलाई के कारवाही हुन्छ भनेर उनले सवैभन्दा उपभोक्ता चनाखो हुनुपर्छ कुन सामान ठिक छकि छैन समाचारहरुमा के आईरहेका छन् गुणस्तर चिन्ह प्रप्त होकि होइन , हेरेर बुझेर मात्र सामानहरु किन्न पाउने उपभोक्ताको अधिकार प्रयोग गर्नु उचित हुन्छ । उनेले भने यदि त्यो कम्पनीले त्यस्तो गुणस्तरहिन सामान बेचेको पाईएमा कारवाहीको लागि हामी दवाव दिन्छौ ।

TVS द्धारा क्लिनफीडको उल्लघन
नेपालमा बिदेशी उत्पादनको प्रचार गर्नुपर्दा अनिवार्य नेपालमै डिजाईन गर्नुपर्ने र त्यसको रोयल्टी डिजाईनरले पाउने ब्यवस्था गरेको छ । तर नेपाल सरकारले बनाएको नियमको समेत उल्लघन गरेर TVS ले आफ्नो बिज्ञापन डबिङ गरी बजारमा बजाईरहके छ ।
नेपालमा ठुलालाई चैन र सानालाई ऐन भने जस्तै भएको छ । शंकर गु्रप अन्र्तगतको मोटर्सले भारतमा कबाडीमा फालिएका सामानहरु नेपालमा बहुमुल्य बनाएर बेचिरहदा समेत सम्बन्धित निकायको ध्यान पुगेको छैन । कतै यस्ता ठुला माफियाहरुलाई सम्बनिधत निकायले त संक्षण गरिराखेको छैन । प्रश्न गम्भिर भएर उठेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend