logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेचर सुपरमार्केट खुल्दै

देशभर शाखा पु¥याउने लक्ष्य रहेको अध्यक्षको भनाई


  • जन आकाश
  • शनिबार, असोज २४ २०७७

काठमाडौं । व्यावसायिक क्षेत्रमा ३ दशक लामो अनुभव संगालेका व्यवसायीहरुको नेतृत्वमा ‘नेचर सुपरमार्केट प्रा.लि.’ खुल्ने भएको छ । ‘उपभोक्ताको सन्तुष्टि, हाम्रो दायित्व’ नाराका साथ दसैं लगत्तै काठमाडौंको मैतीदेवी चोकबाट नेचर सुपरमार्केटको व्यावसायिक सुरुवात हुने प्रा.लि.का अध्यक्ष जनक धामीले जानकारी दिएका छन् ।



बजारको माग र उपभोक्ताको आवश्यकता अनुसार गुणस्तरीय खाद्यान्न तथा ग्रोसरी सामानहरु उपलब्ध गराइने धामीले बताए । स्थापनाको एक वर्ष भित्रमा काठमाडौं उपत्यकामा १० वटा शाखा विस्तार गरिने उनले जानकारी दिए । ‘आगामी ५ वर्ष भित्र काठमाडौं उपत्यकामा ३० देखि ४० वटा शाखा बिस्तार गर्ने हाम्रो लक्ष्य छ, ’उनले भने, ‘उपत्यकामा रहेका होटल, रेस्टुरेन्ट, होस्टेल, क्याटरिङ, क्यान्टिन, खुद्रा पसल लगायतका क्षेत्रहरुमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend