जन आकाश
मोफसलका साहित्यकारहरूमा रामेछाप निवासी विनोद कुमार श्रेष्ठको नाम अगाडि बढ्दै गएको छ । उनको जन्म वि.सं २०४४ साल चैत १ गते हालको ठेगाना अनुसार रामेछाप जिल्ला रामेछाप न ंपां वडा नं.७ मा भएको हो । उनी मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् । पिता धनबहादुर श्रेष्ठ र आमा मिठे श्रेष्ठका ३ छोरा र ३ छोरी मध्ये पहिलो पुत्ररत्नको रूपमा जन्मिएका विनोदको बाल्यकाल मातापिताका साथ घरैमा वित्यो ।
उनले कखहरा घरैबाट शुरूगरे । १ कक्षादेखि ५ कक्षा सम्म श्री प्रा. वि.मुडे खोलामा अध्ययन गरे । तत्पश्चात् कक्षा ६ र ७ महाँकाली नि. मा. वि.मुडाजोरमा र त्यसपछि कक्षा ८ बाट गौरी शंकर मावि रामेछापमा अध्ययन गरे । त्यस पछि कामको खोजीमा काठमाडौं हानिए । उनलाई काठमाडौंको एउटा इलेकट्रोनिक सामान सप्लाई गर्ने कम्पनीको स्टाफमा जागीर पनि मिल्यो । तर दुखको कुरा केहीदिन पछि कार्यालयको कामबाट जनकपुरमा गई सामान बनाई काठमाडौं फर्किनेक्रममा बर्दिवास आइपुग्दा, विपरित दिशाबाट हेभी गाडी आइपुग्यो, विनोदले चलाएको कारसँग ठोकिएर दुर्घटना पर्ने निस्चित भयो । दुर्घटनाबाट जोगाउन विनोदले आप्mनो कारलाई बायातर्पm जङ्गलतिर मोडे । हेभी गाडीको दुर्घटनाबाट त बचियो तर जङ्गलतिर माेिडएको कार भीरमा गएर रूखमा अड्कीयो । विनोदको स्पाइनल कर्ड इञ्जुरी भएर ढाडले काम नदिने भयो । उनको तन्दुरुस्त हट्टा कट्टा शरीर, क्षणभरमा नियतीले, शारीरिक असक्ततामा बदलियो । त्यो क्षण उनलाई सपना वा विपना हो थाहा भएन । जिन्दगीका सारा सपना चकनाचुर भए । ढाड निको पार्न अपरेसन लगायत सक्दो प्रयास गरे । कसै गर्दा भएन । जीवन बाचुन्जेल अरूको सहारामा बाच्नुपर्ने भयो । तर उनी साहसी, हार नखाने र हरेक कुरा हतारमा निणर््ाय नगर्ने व्यक्तिः परे ।
उनलाई यो समाजमा बाच्नुनै चुनौतीको कुरा भयो । अव उनले यत्ति विशाल चुनौतीलाई कसरी अवसरमा बदल्ने भत्रे सोच पलायो । केही दिन स्पाइनल कर्ड इञ्जुुरी पुनस्थपना केन्द्रमा गएर केही सल्लाह पनि लिए । अव त्यसै घर कुनुको सााटो साहित्य साधनामा लाग्ने अठोट गरे । फाट्ट फुट्ट कविता लेख्न थाले । गर्दै भन्दै जादा उनी भित्र सुुसुप्त अवस्थामा रहेको साहित्यिक प्रतिभाले प्रस्फुटन हुने अवसर पायो । लेल्दै जादा किताव लेख्ने मनसाय भो । सर्व प्रथम त २०७१ सालमा जीवन एक संघर्ष अनेक नामक आत्मलाप किताव लेखे । २०७३ सालमा अपाङ्क दर्पण र द स्प्रीङ लभ नामको स्मारिका निकाले । २०७५ मा आभास नामक सामाजिक उपन्यास प्रकाशित गरेकाछन् । यो क्रम अगाडी बढीरहेको छ । यसरी चारवटा विभित्र पुस्तकहरू प्रकाशित भएकोमा चारै वटा पुस्तक मेरोहात प¥यो ।
मैले यी चारथान पुस्तक पढ्ने अवसर त पाएको छैन । ती मध्य पछिल्लो चाही उनको जीवन संघर्ष सँग आधारित उपन्यास “आभास” सर्सर्ती पढें । शब्दार्थ प्रकाशन चावहिल काठमाडा,ैं ले बजारमा ल्याएको त्यो उपन्यास र यस्ता मिहिनेती लेखक बारे केही लेख्ने विचार आएर यो सानो प्रयास गरेको छु । उपन्यासको बारेमा भत्रुपर्दा कभरको अग्र भागको माथि शीर्षक “आभास” बीचमा ह्वील चियरमा एकजना युवक र उसको काखमा युवती बसेको चित्र र बटममा लेखकको नाम हेर्दैमा पुस्तको कभर र विषय बस्तु मेल खाएको छ । त्यस्तै कभरको पछाडि पट्टि बीच भागमा लेखकको, विवरण सहित फोटो, त्यो मुनी प्रकाशित कृतिहरू को नाम,बटममा बायाँ भागमा प्रकाशकको लोगो, बीचमा प्रकाशकको नाम र दायाँ भागमा बारकोड राखिएकोले सारै आकर्षक देखिन्छ ।
पल्टाउदै जादा उपन्यास शुरूहुनु पहिला “आरम्भ भन्दा पहिले” शीर्षकमा लेखकले, जीवनमा भोगेका र देखेका उतार चडावहरूमा आइपर्ने अप्ठ्यारा मोडहरूलाई यथार्थ परक ढंगले व्याख्या गरी उपन्यासमा प्रवेश गर्न सजिलो पारिदिएका छन् । उपन्यास विशेष गरेर २७ भागमा विभाजित छ । अन्तर्वस्तुको बारेमा भत्रु पर्दा लेखकको आप्mनो कथा व्यथामा एकजना महिला समेतलाई पात्र बनाई महिलाको आचरण कस्तो सम्म हुनसक्छ भत्रे स्प्रष्ट देखाउन खोजिएकोछ ।
अन्त्यमा, मैले उपन्यास अध्ययन गर्दा त्रुटिहरू औव्याउने उद्देश्यबाट नगरी एकजना सिकारू लेखकलाई उत्साह बढाउँने मनसायले पढेेंको हुँ । व्याकरण, छपाई र शब्द चयनका हिसावले पुस्तकमा केही सामान्य त्रुटीहरू छन् । अभ्यास गर्दै जादा त्यस्ता त्रुटीहरू अवश्य कमहुदै जाने छन् भत्रे मेरो बुझाई छ । नेपाली साहित्यको चौतारिमा एउटा ईटा थप्ने विनोद श्रेष्ठको अभियान सफल होओस् । उनका कृतिहरू सफस हुदै जाउन् । नेपाली साहित्यले पनि यस्ता साहित्यकारबाट सेवापाई रहोस् भत्रे कामना गर्दछु । समय बदली सकेको छ । नेपाली साहित्यले पनि विदेशी साहित्यसँग कमसेकम तुलना गर्न सकोस् भत्रे कामना समेत गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend