logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नचेत्ने हामी नेपालीहरुको सुद्धि फिरोस

सम्पादकीय लेख


  • जन आकाश
  • मंगलबार, असोज २७ २०७७

नेपाल बीर गोर्खालीहरुको देश हो । नेपाल पशुतिनाथको देश हो । नेपाल गौतम बुद्धको जन्म भएको देश हो । नेपाल संसारको राष्ट्रहरु पराधिन हुदापनि स्वतन्त्र राष्ट्र राख्न सफल रहेको अटल अमर नेपालीहरुको देश हो । नेपाल संसारको सवैभन्दा अग्लो सगरमाथा भएको देश हो । यो देश बनाउन यो इतिहाँस अहिलेसम्म हाम्रा पुर्खाहरुले बगाएको रगत, पसिना र मेहनत त्यग तपस्या अदम्य साहासद्धारा नै रचित नेपाल र स्वाभिमानी नेपालीहरु रहेका छौ ।



तर पछिल्लो समय नेपालमा परिवर्तनको नाममा नेपालका यि स्वाभिमानी त्याग, बलिदान, राष्ट्रको लागि योगदान पु¥याउने कुरामा निक्कै समस्या देखिन थालेको छ ।


राजनीतिक पार्टीहरुको नामवाट गरिने कृयाकलाप र त्यही कृयाकलापमा रहेर गरिने देशको साशनले नेपालको मुख्य इतिहाँस सांस्कृतिक, राजनीतिक, आर्थिक सवै क्षेत्रमा प्रभाव पादै लगेको र नेपालको हरेक क्षेत्रमा पराधिन मानसिकता बढदै गएको देखिन्छ । जसले गर्दा बिदेशी आयातित सामानहरु आयत गरेर उपभोग गर्ने र आफ्नो उत्पादन भने केही नबढाउने बढाउन बातावरण नबाउने र बातावरण बनाउन खोज्नेलाई निरुत्साहित गर्ने खालका कामहरु भइनै रहेका देखिन्छ । यसरी सवै क्षेत्रमा उनिहरुले हामीलाई परनिर्भर बनाएर आफ्नो मुठ्ठीमा कब्जा गर्न खोजेको देखिन्छ । त्यो छिमेकी तिरवाट बिगतमा अत्यआवश्यक पेट्रोलियम पदार्थ रोकेर नेपलको सरकार परिवर्तन गर्ने सम्मको खेल भएको हामीले भोगेका छौ ।

नेपालको हरेक राजनीति परिवर्तनको नाममा कहिले कसलाई कहिले कसलाई प्रयोग गरेर अस्थिरता मच्चाई नेपालको बिकासमा भाजो हाल्ने काम पनि भइनै रहेका छन् ।

बेला बेलामा छिमेकीले गरेको नाकाबन्दी, सीमा अतिक्रमण जस्ता समस्या पनि नेपालमाको टाउको दुखाईको बिषय भएको छ । नेपालमा संविधान जारी भएपछि पनि थुप्रै खालका असन्तुष्टिहरु राखेर नाकाबन्दी सम्म भएको भोगाई हामी नेपालीहरु सँग छ ।
त्यसको अलवा अहिले बिश्वमा आताङको रुपमा रहेको कोरोना भाईरसले त सवैलाई तहस नहस बनाएको छ नै । यस्ता धेरै खालका समस्यासँग जुधेको नेपाल र भोगेका नेपालीले पाएको दुखःवाट चेतेर आफ्नो देशभित्र बिकास गर्ने, कलकारखाना खोल्ने आफ्ना नागरिकलाई आफ्नै देशमा रोजगार दिने बातावरण बनाउनु प¥थ्यो त्यो कसैले चासो दिएको छैन ।

आजपनि लाईन बसेर नेपालीहरु बिदेश गईरहेका छन् । बैदेशिक रोजगार बिभागमा श्रम स्वीकृति लिनेको भीड देखिन्छ । नेपाल संघिय ब्यवस्थामा गईसकेपछि कोरोनाको त्रासवाट सवै मानिसहरु स्वत स्फुत गाउ फर्केको बेला स्थानीय सरकारले गाउमा फर्केका मानिसहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम ल्याएर काम गर्नुप¥थो त्यस्तो कतै देखिएन । गाउ आएका मानिसहरु फेरी पुनः शहर र बिदेश जान लालायित छन् । यस्ता घटनाले नेपालको सिर उच्चो बनाउदैन ।

बिगतका बिषम परिस्थिति सम्झेर सवै नेपालीहरुको सुद्धि र्फिर्नुपर्छं ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend