logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तिला लेकालिको गजल


  • जन आकाश
  • मंगलबार, असोज २७ २०७७

तिला लेकालीको गजल २०७७/०६/१९



थरी थरी छ माटाे पाँगो बनेर बाँच्नू
झुप्पै फलेका रुखको हाँगो बनेर बाँच्नू

तिम्रो सर्बस्व च्यात्ने काँडा जताततै छ्न्
टालेर बँच्न सियो धागो बनेर बाँच्नू

घोचेर तिमीलाई रगताम्य पार्न सक्छन्
ठिक पार्नू मट्टितेल र आगो बनेर बाँच्नू

गलैंचा माथि तिम्रा कतब्य भूल्न सक्छ्यौ
भिर पाखा कन्दरामा खागो बनेर बाँच्नू

गोही भ्यागुता सर्प जुका बसेका हुन्छन्
कुवा नजम्नू ,अग्लो छाँगो बनेर बाँच्नू

तिला लेकाली
बेलबारी,मोरङ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend